तिलोत्तमाको नगर प्रमुखमा कांगे्सका खांण र उपप्रमुमा एमालेकी चौधरी विजयी

  रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा कांगे्रसका रामकृष्ण खांण विजयी भएका छन् । नगर उपप्रमुमा एमालेकी जागेश्वरी चौधरी निर्वाचित भएकी छन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को अन्तिम नतिजा अनुसार नगरप्रमुमा गठबन्धनको तर्फबाट कांगे्रका रामकृष्ण खांण र उपप्रमुमा एमालेकी जागेश्वरी चौधरी विजयी भएकी हुन् । नेकपा एमालेको नगरप्रमुका उम्मेदवार मोहन चापागाईलाई हराउंदै रामकृष्ण खांण विजयी भएका हुन । रामकृष्ण खांणले २४ हजार ३ सय ९६ मत प्राप्त गरी विजयी तथा निर्वाचित भएका हुन् । एमालेका मोहन चापागाईले भन्दा ७ सय ६५ मत बढी ल्याएर खांणले नगरप्रमुखमा निर्वाचित भए । खांणका निकटतम प्रतिद्वन्द्वी एमालेका मोहन चापागाईले २३ हजार ६ सय ३१ मत प्राप्त गरी पराजित भएका छन् ।एमालेकी जागेश्वरी चौधरीले २३ हजार ८६ मत प्राप्त गरी नगर उपप्रमुमा विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फका माओवादी केन्द्रका हेमन्त पाण्डेले ११ जार ५ सय ४६ मत ल्याएर पराजित भएका छन् । माओवादी केन्द्रका हेमन्त पाण्डेले भन्दै दोब्वर बढी ११ हजार ५ सय ४० मत बढी ल्याएर ठुलो अन्तरका साथ चौधरी उपप्रमुमा विजयी ह’न सफल भएकी छन् । चौधरी यस अघि पनि उपप्रमुख थिइन । १७ वडा रहेको तिलोत्तमामा नगरप्रमुखसहित ९ वटा वडामा गठबन्धनको तर्फबाट कांगे्रसले जितेको छ । त्यस्तै उपप्रमुखसहित ८ वटा वडामा एमालेले जित हासिल गरेको छ ।वडा नं. १ को वडा अध्यक्षमा फर्सुराम गिरी (एमाले), २ मा डिलबहादुर भट्टराई (काँग्रेस), ३ मा कल्याणप्रसाद पौडेल (काँग्रेस), ४ मा हरिबहादुर क्षेत्री (एमाले), ५ मा रमेश डुम्रे (काँग्रेस), ६ मा गणेश पाठक (काँग्रेस), ७ मा देवी पंगेनी (एमाले), ८ मा कृष्णप्रसाद पौडेल (एमाले), निर्वाचित हुनु भएको छ ।त्यस्तै वडा नं. ९ को अध्यक्षमा ध्रुव न्यौपाने (काँग्रेस), १० मा गोपालप्रसाद घिमिरे (एमाले), ११ मा विष्णुबहादुर बराल क्षेत्री (एमाले), १२ मा सहदेव थारु (एमाले), १३ मा नारायण ढकाल (काँग्रेस), १४ मा आश्विन पौडेल (काँग्रेस), वडा नं. १५ को अध्यक्षमा खेमराज गुरुङ (एमाले), १६ मा झविलाल भुसाल (काँग्रेस), र वडा नं. १७ को अध्यक्षमा दानबहादुर चौधरी (काँग्रेस) निर्वाचित हुनु भएको छ ।यससंगै रुपन्देहीका १६ वटै स्थानीय तहमा मतगणना सकिएको छ । जसमध्ये १० वटा स्थानीय तहको प्रमुख काँग्रेसले जितेको छ भने ३ वटामा एमालेले जितेको छ । तीन वटा स्थानीय तहमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजावादी पार्टी र जनता प्रगतिशित पार्टीले एक एक स्थानीय तहको प्रमुख जितेका छन् । माओवादी र नेकपा एकीकृत समाजवादी शुन्य भएका छन् ।तिलोत्तमा नगरपालिकमा मतदाता संख्या ८५ हजार ७ सय ४७ थियो । जसमा ६४ हजार ७ सय २८ मत खसेको थियो ।