सम्झनाको स्मृतिमा इच्छुक

 बुटवल,जेठ१३गते। अग्रज लेखक, साहित्यकार तथा पत्रकार कृष्ण सेन इच्छुकको हत्या भएको आज २०७९ जेठ १३ गते २० वर्ष पुगेको छ। इच्छुकको स्मृतिमा दाङमा स्मृति दिवस मनाईको छ ।भूमिगत अवस्थामा तत्कालीन माओवादीमा आस्थावान गणतन्त्र र संविधानसभाको पक्षमा बोलेका कारण हिरासतमै कृष्ण सेन इच्छुकको हत्या गरिएको थियो। माओवादीको आरोपमा पक्राउ परेका उनी माओवादी नै भएपनि इच्छुकलाई क्रुरुर र अमानीवय तरिकाले हत्या गरिएको हो। २०५९ साल जेठ ६ गते प्रहरीले पक्राउ गरी महेन्द्र प्रहरी क्लब र सैन्य हिरासतहरुमा कठोर यातना दिई जेठ १३ गते हिरासत भित्रै इच्छुकको हत्या भएको थियो। देशमा पञ्चायती राज्यसत्ता परिवर्तन भएर लोकतान्त्रिक गणतन्त्र स्थापनापछि माओवादी पटक–पटक सरकारको नेतृत्वमा पुग्दा पनि इच्छुकको हत्यामा संलग्नहरुलाई कारवाही हुन नसकेकमो भन्दै अहिले माओवादीको चौतर्फी रुपमा बिरोध भैरहेको छ। इच्छुकका हत्याराहरुलाई कारवाही हुन नसकेको माओवादी पार्टी भित्रैबाट आवाज उठिरहेको छ। तर नेतृत्वले खासै चासो नदिएको माओवादी केन्द्रका एक नेताको भनाइ छ। बहुप्रतिभाशाली कृष्णसेन कवि, लेखक र युद्वमोर्चाका पत्रकार, राजनीतिक विचारक तथा सशक्त मानवअधिकारवादी नेताको रुपमा परिचित थिए। विद्यालय तहदेखि कृष्ण सेन इच्छुक नेकपा मसालको राजनीतिक विचारमा आवद्व थिए।नेकपा मसालको बिचारबाट प्रभावित भएर राजनीतिमा लागेको उनी २०४१ सालमा सम्पन्न पांचौ महाधिवेशनपछि २०४२ सालमा पार्टी विभाजन भएपछि मोटो मशाल तिर लागेका थिए। दाङको घोराहीको नेकपा मासालको पार्टी कमिटिमा रहेर कृष्ण सेनले काम गरेको बताउछन् राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले। मोहन वैद्य किरण र बादलसंगै कृष्ण सेनले मसाल छोडेको केही वर्षपछि माओवादीसंग जोडिएका थिए।माओवादी सशस्त्र विद्रोहका बेला नेकपा माओवादीको मुखपत्र जनादेश साप्ताहिक पत्रिकाको सम्पादक रहनुभएका कृष्णसेन इच्छुकको जन्म वि.स २०१३ साल कार्तिक ३ पिता यामबहादुर सेन र आमा भिमकुमारी सेनको कोखबाट भारतको देहरादुनमा भएको थियो। इच्छुकको प्यूठानको सरङकोट स्थायी घर हो।बुवा आमासंगै उहां प्यूठानबाट बसाइ सराई गरी दाङको भालुवाङ नजिकै अर्घाखांचीको साविक जलुके गाविस ७, सातमारामा बसाई बसोवास थियो। कक्षा १ देखि ८ सम्म दाङको देउखुरीमा रहेको आदर्श माविमा पढेका इच्छुकले कक्षा ९ र १० दाङको लालमटियास्थित सरस्वती हाइस्कुल पढेका थिए। २०३२ सालमा दोस्रो श्रेणीमा एसएलसी पास गरेपछि उच्च शिक्षा पढ्ने चाहना हुंदाहुंदै पनि गरिबीका कारण उनी पढाइ छोडी कोइलाबासमा भएको साल्ट ट्रेडिङको कार्यालयमा जागिर खाएका थिए।जागिर गर्दागर्दै भारतबाट प्राइभेट परीक्षा दिएर आई.ए. उत्तीर्ण गरेपछि इच्छुकले त्रिभुवन विश्वविद्यालयबाट बीएड परीक्षा उत्तीर्ण गरेका थिए इच्छुकले। विश्वविद्यालयमा भर्ना भएर एमए अध्ययन गर्दै गर्दा राजनीनिक आन्दोलनमा लागेका कारण इच्छुकको एमए पास गर्ने धोक्को पुरा हुन सकेन।२०४८ सालमा तक्मा केसीसंग विवाह गरेका इच्छुकको एक छोरी छन्। २०३३ सालमा मातृभूमि साप्ताहिकमा भोलिप्रति भन्ने कविता प्रकाशन गरेर साहित्यमा प्रवेश गरेका इच्छुकले दाङको जेलमा बस्दा विद्यार्थी नेता मित्रमणी आचार्यको हत्या भएपछि मित्रमणीको सम्झनामा लेखेको शोकाञ्जली काव्य २०४८ सालमा पहिलो कृतिको रूपमा प्रकाशित भएको थियो। इच्छुकका इतिहांसको यो घडिमा, बन्दी र चन्द्रागिरी, शोकाञ्जली लगायतका झण्डै आधादर्जन कृतिहरू छन्।२०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी इच्छुक प्रशासनको प्रहरीको गिरफ्तारीमा परेका थिए।जेलबाट छुटेपछि उनी दाङको महेन्द्र महुमुखि क्याम्पसमा भर्ना भएर विद्यार्थी आन्दोलनलाई सक्रिय बनाएका थिए।२०३४ सालमा नेकपा कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी २०३७ सालदेखि दाङमा सक्रिय रूपमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए। २०४५ सालमा उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन आयोजक समितिको केन्द्रिय संयोजकमा चुनिएका थिए।२०४६ सालमा कम्युनिष्ट पार्टीको राप्ती अञ्चल क्षेत्रीय व्युरोको सेक्रेटरी बनेपछि संयुक्त जनमोर्चा नेपालको केन्द्रिय सदस्यको जिम्मेवारीमा पुगेका थिए। राजनीतिक जिम्मेवारीसंगै कृष्ण सेन अखिल नेपाल जनसांस्कृतिक संघको अध्यक्ष, प्रगतिशील लेखक संघो केन्द्रिय पार्षद, पत्रकार महासंघको पार्षद, दक्षिण एसियाली पत्रकार संघको सदस्य,जनअधिकार सरोकार अभियानका सदस्यसमेत थिए।