नेपालमा भारतीय प्रधानमन्त्रीले धर्मको राजनीति शुरु– चित्रबहादुर केसी

बुटवल, जेठ १४ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय शासकले नेपालमा धर्मको राजनीति शुरु गरेको बताएका छन् ।नेपाललाई हिन्दु राज्य बनाउन र सम्राट ल्याउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा धर्मको राजनीति गरेको दावी गरे ।भारतले नेपालमाथि अन्याय गरेको उल्लेख गर्दै नेपालको सीमा मिचेर नेपालका प्राकृतिक श्रोत सधान भारतले कब्जा गर्न खोजेको बताए।।अखिल नेपाल शिक्षक संघको शनिबारदेखि बुटवलमा शुरु भएको चौथौ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भारतले सीमा मिच्दै गएपछि राष्ट्रियता संकटमा परेको बताए। भारतीय जनता ठिक भएपनि भारतीय शासक वर्ग नेपालको हितमा नभएको अध्यक्ष केसीको भनाइ छ ।पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले कांगे्रसलाई जिताउन र शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन नभएको बताउंदै ओलीको प्रतिगमनका बिरुद्व पांचदलीग गठबन्धन भएको हो भने । काठमाण्डौमा वालेन शाहको जितले दलीय व्यवस्थालाई चुनौती दिएको र दलहरु कमजो भएको संकेत दिएको बताए।। उनले संघीयता र एमसीसी खारेज गरी गणतन्त्र र संविधान जोगाउने अहिलेको प्रमुख आवश्यत्ता हो भने । ठूला दलहरुलाई अहिले संघीयता भालुको कञ्चट भएको बताउंदै प्रदेश खारेज गरेर प्रदेशमा हुने खर्चले देशमा उद्योग, कलकारखाना खोल्नुपर्नेमा जोड दिए। शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने अध्यक्ष केसीको भनाइ छ । अहिलेको शिक्षा प्रणाली असफल भएको बताउंदै अध्यक्ष केसीले भने –यो शिक्षा प्रणाली गलत भएकै कारण नेपालको दक्ष जनशक्ति विदेश पलाएन भयो । सबै नीतिको गुरु राजनीति भएकाले विद्यार्थी र शिक्षकले राजनीतक गर्नुपर्ने बताउंदै शिक्षकहरुले विद्यार्थीलाई राजनीतिक सिकाउन चित्रबहादुर केसीको आग्रह छ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले विदेशीको हस्तक्षेपको चेपुवामा परेको नेपाल ओलीको प्रतिगमन र एमसीसीले झनै कमजोर भएको बताए। ।उहांले देशको राष्ट्रियता कमजोर भएका बेला विद्यार्थी र शिक्षकहरुले सही प्रकारको राजनीति बुझ्न आवश्यक रहेको बताए। नेपालको भूमिकलाई प्रयोग गरी चीन बिरोधी गतिविधि सञ्चालन गर्नका लागि विकासको आश्वासन देखाएर अमेरिकारले एमसीसी ल्याएको बताउंदै यस विषयमा शिक्षकहरुले विद्यार्थीलाई सही प्रकारको राजनीति सिकाउनु पर्नेमा जोड दिए।पूर्व सांसदसमेत रहेका नेता नेपालीले भने– संघीयता र एमसीसीले संकटमा परेको देशलाई जोगाउनका लागि राष्ट्रवादी शक्ति एक हुने बेला आएको बताउंदै अब राष्ट्रबादी शक्ति र राष्ट्रबिरोधी शक्ति चिन्ने बेला आएको छ । पूर्व सांसद तथा अखिल नेपाल शिक्षक संघका पूर्व अध्यक्ष हरि आचार्यले अहिलेको शिक्षा प्रणाली असफल भएको बताए।उनले समयको माग अनुसार नयां शिक्षा नीति ल्याउनु पर्नेमा जोड दिनुभयो ।कार्यक्रममा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठक, नेपाल राष्ट्रिय शिक्षक संगठनका लुमिबनी प्रदेश उपाध्यष जगन्नाथ मरासेनी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यष मानबहादुर पाण्डे, नेपाल शिक्षक महासंघका सह अध्यक्ष पूणस्प्रसाद दवाडी, अखिल नेपाल युवक संघका अध्यक्ष कृष्ण पाण्डे, अखिल नेपाल टे«ड युनियन महासंघका अध्यष लोकराज भुसाल, जनजाती सम्मेलनका केन्द्रिय सदस्य उषा पुन, अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य सम्झना पौडेल, जातीय समता समाजका दिलप्रसाद नेपाली, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, अखिल नेपाल बुद्विजीवि संघका दुर्गानाथ खरेल, अखिल नेपाल कानुन व्यवसायी संघका हिरालाल धामी, अखिल नेपाल उद्योग व्यापार संगठनका अध्यक्ष ढुण्डिराज पौडेल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंका अध्यक्ष देवेन्द्र कुवंरलगायतले बोल्नुभएको थियो ।अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानोभाई कार्कीको अध्यक्षता, तारा वेल्वासेको स्वागत र महासचिव चक्रपाणी पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।
तीन दिनसम्म चल्ने महाधिवेशनले नयां नेतृत्व चयन गरी सम्पन्न हुने छ ।