आव २०७९–०८० का लागि १७ खर्ब ९३ अर्बको बजेट

बुटवल, जेठ १५ गते । सरकारले आगामी आवका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेका छन् ।
चालूतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड, वित्तीयतर्फ ३ खर्ब ३० अर्ब २२ करोड बजेट ल्याइएको छ।
यो चालू आर्थिक वर्षको भन्दा १० प्रतिशतले बढी हो। यस आवमा अर्थमन्त्री शर्माले नेकपा एमालेका तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेट विस्थापित गर्दै गत भदौमा १६ खर्ब ३२ अर्बको बजेट विधेयक ल्याएका थिए । अहिले नेपालको संविधानको धारा ११९ अनुसार आर्थिक वर्ष २०७९–०८० का लागि अर्थमन्त्रीले सरकारको तर्फबाट बजेट ल्याएका हुन ।