निर्देशनालयको वार्षिक कार्यक्रम : निर्वाहमुखी व्यवसायलाई आधुनिकीकरण गरिने

श्यामलाल पोखरेल

बुटवल, मंसिर १६ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले कृषिकहरुका लागि पशुपन्छी तथा मत्स्य पालन कार्यक्रम सञ्चालन गर्दै आएको छ । परम्परागत र निर्वाहमुखी पशुपन्छी तथा मत्स्य पालन व्यवसायलाई आधुनिक रुपमा व्यवसायिकरणका लागि निर्देशनालयले कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

पशुजन्य पदार्थमा लुम्बिनी प्रदेशलाई आतमनिर्भर बनाउने उद्वेश्य अनुरुप पशुपन्छी तथा मत्स्य विकास निर्देशनलाय लुम्बिनीले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो । मंगलबार निर्देशनलायमा वार्षिक कार्यक्रम सार्वजनिकीकरण तथा हालसम्मको अवस्थाबारे जानकारी गराएको छ । निर्देशनालयले चालु आर्थिक बर्षमा ५ करोड, २७ लाख ५६ हजार रुपैयां बराबरको कार्यक्रम सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७७।०७८ लाई मध्येनजर गरी कृषकहरुमा भएको ज्ञान सीपको उपयोग गर्दै वातावरणमैत्री प्रविधि अपनाई बैज्ञानिक विधि र व्यवस्थापन अवलम्बन गरी पशुपन्छी तथा मत्स्य पालनका लागि दीगो विकास लक्षयसहितका कार्यक्रमहरु रहेको निर्देशनालयले जानकारी गराएको छ । पशुपन्छी तथा मत्स्य पालनमा लागेका कृषकहरुको जीवनस्तर उकास्न र देशलाई पशुजन्य वस्तुबाट आतमर्निभर गराउने गरी कार्यक्रम ल्याइएको पशुपन्छी तथा मत्य विकास निर्देशनलाय लुम्बिनीका निमित्ति निर्देशक तुलसीराम भण्डारीले बताउनुभयो । हरेक स्थानीय तहमा प्रयोगशाला निर्काणका लागि वजेट छुट्टाए पनि स्थानीय तहहरुले कार्यान्वयन नगरेको जानकारी गराउनुभयो ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले कृषकहरुका लागि आवश्यक अनुसार विषयगत तालिम र वजेटको वयवस्था गरेको छ । खोरेत रोग निर्मुल पार्ने गरी लुम्बिनी प्रदेशमा कार्यक्रम ल्याएको निर्देशनलालयले खोरेत रोग बिरुद्व १२ लाख भ्याक्सिनको व्यवस्था गरेको छ । सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर रेवतीरमण पौडेलले पशुपन्छी तथा मत्स्य पालनलाई व्यवस्थित बनाउनका लागि सरोकारवालाहरुसंग बसेर कार्ययोजना बनाउन निर्देशन दिनुभयो । सरोकारवालाहरुसंग बसेर कार्ययोजना बनाउंदा व्यवहारिक हुने र रिजल्ट राम्रो आउने बताउनुभयो । नीति निर्माण, अनुगमन र वजेट कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभयो ।

कृषि निर्देशनलायका निर्देशक यमनारायण देवकोटाले कृषकहरुलाई वजेट दिएर मात्र नहुने बताउंदै वजेट कार्यान्वयन भए नभएको छुट्टाउन अनुगमन गरिने बताउनुभयो । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनीका निमित्ति निर्देशक तुलसीराम भण्डारीको अध्यक्षतमा भएको कार्यक्रममा मत्य विकास अधिकृत रिमबहादुर थापाले वार्षिक कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।

पशुपन्छी व्यवसायी पे्रमसागर पौडेल र लेखनाथ पाण्डेले पशुपन्छी तथा मत्स्य विकास सम्बन्धि कार्यक्रमहरु पारदर्शी र व्यवस्थित बनाउन सुझाव दिनुभयो । खास कृषकहरुले सरकारी निकायबाट सेवा पाउन नसकेकाले यसबारे ध्यान दिन सम्बन्धित निकायलाई व्यवसायीहरुको आग्रह छ ।