स्वर्गीय कुलानन्द बञ्जाडेको स्मृतिमा विद्यार्थीलाई सम्मान

अर्घाखाँची, जेठ १७गते। चार दशक लामो शिक्षण पेशामा लागेर नेपालको कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुराउनमा अर्घाखाँची साविक ढाकावाङका कुलानन्द बञ्जाडेको ठूलो योगदान छ ।       शिक्षण पेशासंगै कम्युनिष्ट आन्दोलनलाई समय अनुसार भूमिगत र खुल्ला रुपले योगदान पुराउनुका कुलानन्द असमायिक निधन भएको १६ वर्ष पुग्यो ।विश्व माध्यामिक विद्यालय ढाकावाङ्गका तत्कालिन प्रध्यानाध्यापक कुलानन्द बन्जाडेको २०६३ जेठ १६ गते ५८ वर्षको उमेरमा हृदयाघातका कारण असमायिक निधन भएको थियो। शिक्षा पे्रमी तथा नेपाल कम्युनिष्ट पार्टी मसालका नेता स्व. कुलानन्द बञ्जाडेको १६ औं स्मृति दिव मनाईएको छ ।स्मृति दिवसको अवसरमा अर्घाखांचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ का उत्कृष्छ बिद्यार्थीलाई पुरस्कार तथा सम्मान गरीएको छ ।स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानले सोमबार स्वर्गीय बन्जाडेको १६ औं स्मृति दिवसको अवसरमा १५ बिद्यालयका ३० जना छात्रछात्रा बिद्यार्थीलाई सम्मान गरिएको हो ।प्रत्येक बर्ष स्वर्गीय बन्जाडेको सम्झनामा बिद्यार्थीलाई प्रोत्साहन स्वरुप गरीने सम्मान कार्यक्रमले बालबालिकालाई हौसला मिल्ने प्रतिष्ठानका अध्यक्ष खड्काबहादुर थापाले बताए।स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानका अध्यक्ष खड्कबहादुर थापाको अध्यक्षता र चन्द्रबहादुर केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीलाई स्वागत सम्मान गरिएको हो ।उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अविभावक तथा शिक्षा पे्रमी जनप्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।