जनक शिक्षाको लारपरवाहीले देशभर पाठ्यपुस्तक अभाव

बुटवल, जेठ १८गते। जनक शिक्षा सामाग्री केन्द्रले समयमा पाठ्यपुस्तक छाप्न सकेको छैन। नेपाल सरकारको तर्फबाट पाठ्यपुस्तक छाप्ने जिम्मा लिएको जनक शिक्षाले समयमा पाठ्यपुस्तक छाप्न नसकेपछि विद्यार्थी मारमा परेका छन्। यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता पुग्न लाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन ।विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पाठ्यपुरस्तकको ठूलो अभाव छ ।सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा लिएको थियो । विगतका वर्षहरुमा पनि जनक शिक्षा सामाग्री केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै सरकारले नीजि क्षेत्रलाई पुस्तक छपाइको जिम्मा दिएको थियो । जनक शिक्षाले अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्न बांकी रहेको छ । चालू शैक्षिक सत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म १ करोड ६५ लाख थान मात्रै पाठ्यपुस्तक पछाई सकिएको जनक शिक्षा सामाग्री केन्द्रले बताएको छ । कर्मचारीहरु स्थानीय तहको निर्वाचन खटिनु परेको र कागजको अभावले समायमा पाठ्यपुस्तक छाप्न नसकिएको जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झांले बताएका छन््।अहिलेसम्म १५ प्रतिशत पाठ्यपुस्तक छापिएको र असारको पहिलो हप्तासम्म सबै विदार्थीलाई पाठ्यपुस्तक पुग्ने गरी छापिने जनक शिक्षाले बताएको छ । शैक्षिक सत्र शुरु भएको तीन हप्ता पुग्नै लाग्दा सरकारी पाठ्यपुस्तकको अभाव ठूलो छ, भने नीजि क्षेत्रका पव्लिकेशनका पाठ्यपुस्तक पनि सहज रुपमा पाइएका छैनन ।