लुम्बिनीमा दैनिक ९० हजार लिटर दुध उत्पादन, २० हजार लिटर निर्यात

 बुटवल,जेठ१८गते। दुधमा लुम्बि  नी प्रदेश आत्मनिर्भर भएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय बुटवलले बताएको छ ।लुम्बिनी प्रदेशमा अहिले करिव दैनिक ९० हजार लिटर दुध उत्पादन हुने र दैनिक २० हजार लिटर दुध निर्यात हुने गरेको मन्त्रालयले जानकारी गराएको छ ।विश्व दुध दिवसको अवसरमा बुधबार बुटवलमा आयोजित कार्यक्रममा कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले दुध उत्पादनमा लुम्बिनी प्रदेश आत्मनिर्भर भएको दावी गरेको हो ।मन्त्रालयका सचिव यामनारायण देवकोटाले प्रदेश सरकारले दुध उत्पादनलाई प्राथमिकता राखेको बताए।दुध उत्पादनलाई अझै बढाएर निर्यातका लागि उचित भण्डारणको व्यवस्था गरिने सचिव देवकोटाको भनाइ छ ।मन्त्रालयका निर्देशक डाक्टर परवेज आलमले कोभिडका कारण दुध उत्पादनमा कमी आएपनि अहिले क्रमस सहज हुंदै गएको बताए।डेरी उद्योगहरु र दुग्ध सहकारीहरु फस्टाउंदै गएको र अहिले दैनिक रुपमा २० हजार लिटर निर्यात हुने दुधको निर्यातलाई अझै बढाइने उनले बताए ।दुध उत्पादनमा पशुपालक किसानहरु आर्कषित भएकाले अबका दिनमा दुध उत्पादन बढ्ने मन्त्रालयका निर्देशक डाक्टर परवेज आलमको अनुमान छ।बताउनुभयो ।पशु चिकित्सक लोकराज भुसालले कोभिडका कारण लुम्बिनी प्रदेशमा दुध उत्पादनमा कमी आएपनि अहिले उत्पादन बढ्न थालेको बताए।। उनले अब दैनिक रुपमा १ लाख लिटर दुध बजारमा आउने गरी दुध उत्पादन हुने दावी गरे।कार्यक्रममा दुग्ध वितरण आयोजना बुटवलका प्रमुख परमेश्वर धौधरी, लुम्बिनी दुग्ध उत्पादन सहकारी रुपन्देहीका अध्यक्ष लोकनाथ पाण्डे, कृषि खाद्य पोषण महाशाखका प्रमुख अमरराज शर्मा लगायतले बोल्दै दुध उत्पादनका लागि कि’ानहरुलाइृ उत्साहित गर्नुपर्ने र उत्पादन भएको किसानको दुधको बजारकरणमा सहयोग पुराउनु पर्नेमा जोढ दिए ।।पालौ पशु कमाऔ धन, शुद्व दुध स्वस्थ्य जीवन भन्ने नाराका साथ १२ औं विश्व दुध दिवस मनाइएको छ । नेपालमा २०११ देखि विश्व दुध दिवस मनाउन थालिएको हो । खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय बुटवल, लुम्बिनी दुग्ध वितरण आयोजना बुटवल र जिल्ला दुग्ध उत्पादन सहकारीको संयुक्त आयोजनामा बुटवलमा विश्व दुध दिवस मनाईएको हो । पशु विकास अधिकृत हुमकान्त पाण्डेयको सञ्चालनमा कार्यक्रम भएको थियो ।