कञ्चनपुरमा भारतीय पक्षबाट फेरि अतिक्रमणको प्रयास

नेपालगञ्ज,जेठ २०गते ।नेपालको सीमा अतिक्रमण र्दै आएको भारतले पछिल्लो पटक कञ्चनपुरमा सीमा अतिक्रमण गरेको छ । मन्द गतिमा नेपालको सीमा अक्रिमण गर्दै आएको भारतीय पक्षले आफ्नो साम्राज्य फैलाउने गरी नेपाली भूमि अतिक्रमण गर्न छोडेको छैन ।भारतीय अर्धसैनिक बल (एसएसबी) ले दोधारा चाँदनीमा नेपाली भूमिमै तारबार गरेको छ भने बेलौरीमा नेपालीलाई आफ्नो जग्गा खनजोत गर्न रोक लगाएको छ ।अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले दिनुभएको जानकारी अनुसार दोधारा चाँदनी नगरपालिका वडा नं ३ स्थित जमुनाघारीको जङ्गल क्षेत्रमा भारतीय पक्षले वृक्षरोपणका लागि ठेक्का दिएर एकतर्फी रुपमा सिमांकन गरी तारबार लगाउन सिमेन्टको खम्बा गाडेको छ ।सीमा स्तम्भ न. १४ देखि १५ को बिचमा जङ्गल क्षेत्र भएकाले सिमांकन गरिएको छैन । १५ न. पिल्लर वडा न. ७ को कन्जभोजमा छ । १४ न. देखि झण्डै ७ सय मिटर बिचको जङ्गल क्षेत्रमा सीमा सर्भे टोलीको सहभागिता बिना भारतीय पक्षले एकतर्फी सिमान्कंन गरि तारबार गर्ने तयारी गरेको हो ।भारतीय सुरक्षाकर्मी (एसएसबी) ले स्ट्रीप नक्साको आधारमा एकतर्फी तारबार लगाउने प्रयास गरेको भट्टले बताए। ारतीय पक्षले एकतर्फी तारबार गर्न लागेपछि स्थानीयले विरोध गरेका छन् ।यता, एसएसबीले बेलौरी नगरपालिका–१०सडकघाट खैरेनी टोलमा पूर्ववडाअध्यक्ष होरीलाल चौधरीलाई आफ्नै जग्गा खनजोत गर्न रोक लगाएको छ ।चौधरीको जग्गाधनी प्रमाण पुर्जा रहेको १३.५ कट्ठा जग्गा गुगल नक्सा अनुसार भारततिर परेको दावी गर्दै भन्दै खनजोतमा रोक लगाएको हो ।भारतीय एसएसबीले कञ्चनपुरको ब्रम्हदेवदेखि बिचफाँटासम्म दर्जनौं स्थानमा सिमाअतिक्रमण गरेको छ भने नेपालीलाई आफ्नै जग्गा भोगचलन गर्न रोक लगाएको छ ।सरकार यस विषयमा बोल्न सकेको छैन । आफ्नो नेपाली भूमि भारतीय पक्षले दिनदाहाडै अतिक्रमण गर्दा सरकार नबोले पनि स्वाभानी नेपाल िआफ्नो भूमि अतिक्रमणबाट बचाउनका लागि स्थानीय अतिक्रमणको बिरोधमा उठेका छन् ।