कञ्चनपुरमापछि हट्यो भारतीय पक्ष

नेपालगञ्ज, जेठ २१ गते। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको छ। शुक्रबार नेपाल–भारतका सीमा सुरक्षाकर्मीबीच लालपुर्जा भएको जमिन नेपालीलाई जोत्न दिने सहमति भएको हो।दुवै देशका सर्भे टोलीले अनुगमन नर्गदासम्म नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने सहमति भएको सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका एसपी अमरबहादुर ऐरले जानकारी गराएका छन् ।    गतबुधबार ट्र्याक्टर लगेर खेत जोत्न गएका बेलौरी नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई वर्षौंदेखि चलनभोग गर्दै आएको जग्गामा एसएसबीले खेत जोत्न नदिई फर्काएपछि विवाद शुरु भएको थियो ।नेपाली नागरिकले आफुले भोगचलन गर्दै आएको जमिन नेपालको भएको भन्दै अडान नछोडेपछि अन्तत् कञ्चनपुरमा सत्यको जिवत भएको छ।