वातावरणीय पत्रकारिता पुरस्कारबाट पत्रकार केसी पुरस्कृत
सदनबाट सञ्चार विद्येयक अनुमोदन हुने मन्त्रीको दावी
बुटवल,जेठ२२ गते। लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले अबको संसदबाट सञ्चार विद्येयक अनुमोदन हुने बताएका छन्। सबैको साथ सहयोग र सुझावको आधारमा सञ्चार विद्येयक ल्याएइको मन्त्रीले शर्माले बताए।वातावरण दिवसका अवसरमा पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री शर्माले लुम्बिनीको सञ्चार विद्येयकले सबै सञ्चारमाध्याम र सञ्चारकर्मीलाई सम्बोधन गर्ने दावी गरे। मानिसका कै कारण संसारमै वातावरणमा समस्या आएको बताउंदै उनले भने– वातावरण संरक्षणका लागि पत्रकारहरुले कलम चलाउनु पर्छ। वातावरण सम्बन्धी नागकिरलाई मिडियाबाट सचेत गराउनु पर्ने बताउंदै वातावरणीय पत्रकारिता पुरस्कार स्थापनाका लागि पहल गर्ने पत्रकारहरुलाई आश्वासन दिए।वातावरण पत्रकारिता पुरस्कार स्थापना कर्ता अग्रज पत्रकार नारायण सापकोटाले वातावरणको क्षेत्रमा पत्रकारहरुका कलम नै प्रभावकारी हुने बताए। संविधानसभा सदस्य तथा पत्रकार महासंघ् रुपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडले प्रदेश सरकारलाई मिडियामैत्री बन्न आग्रह गरे । उनले प्रदेश सरकारले मिडियालाई नदेखेको बताउंदै सञ्चार क्षेत्रका समस्याप्रति व्यवहारमा प्रभावकारी भूमिका खेल्न आग्रह गरे ।पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डाक्टर बालकृष्ण चापागाईले पत्रकारिता क्षेत्रलाई फराकिलो र थप विश्वासलिो बनाउने पर्ने बताउंदै प्रदेश सरकारलाई मिडियामैत्री बन्न आग्रह गरे । पत्रकार माधव ढुंगनाले वातावरण संरक्षण, पर्यटन, सरसफाई, खेलकुंद हरेक क्षेत्रमा कलम चलाउने पत्रकारहरुका लागि पत्रकारहरुका लागि पत्रकारिता पुरस्कारहरु स्थापना गर्नुपर्नेमा जोड दिए । वातावरण दिवसको अवसरमा पत्रकार महासंघ रुपन्देहीमा स्थापना गरिएको वातावरणीय पत्रकारिता पुरस्कारबाट पत्रकार तेजेन्द्र केसीलाई सम्मान गरिएको छ । रातोपाटी बुटवलबाट प्रकाशित हुने दैनिक पत्र दैनिकमा कार्यरत पत्रकार केसीलाई नगद २५ हजारसहित सम्मान गरिएको हो ।पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलको अध्यक्षता र सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।