लुम्बिनीमा ३७ अर्बसम्मको बजेट आउने योजना आयोगका उपाध्यक्षको खुलसा

बुटवल,जेठ२३गते।लुम्बिनी प्रदेश राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले प्रदेशको बजेट ३७ अर्ब भन्दा माथिको नबनाउने बताएका छन्।३५ अर्ब पैसा प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९।०८० को लागि बजेट ३७ अर्बसम्मको बनाइने बताए।सोमबार बुटवलमा रिपोर्टर्स क्लवले आयोजना गरेको साक्षात्कारमा बोल्दै ठूलो आकारको बजेट भन्दा खर्च हुने आकारको सानो बजेट आउने बताए।उनले कृषि, स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर बजेट बन्ने र कृषिमा ९० प्रतिशत अनुदान कटौत िगरी कृषकहरुलाइृ सहुलियत ऋणको व्यवस्था गरिने बताए ।लुम्बिनी प्रदेशको बजेट नआउंदै योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले कृषि उत्पादन बढाउनका लागि कृषकहरुलाई कृषि विकास बैंक र सहकारीहरुबाट सहुलियत व्याजमा ऋणको व्यवस्था गरिने उनको भनाइ ।स्वच्छ खानेपानी सय प्रतिशत पुराउने गरी बजेट बन्ने बताउंदै उनले भने– गरिबी निवारण घटाउने गरी बजेट बन्छ।प्रदेशको १६ प्रतिशत गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्यका साथ बजेट बन्ने उनको दावी छ।बजेटको प्रणालीमा थोरै परिवर्तन गरिएको बताउंदै अब विकास निर्माणका बजेट पार्नका लागि पांचवटा मापदण्ड पुरा गरेर मात्र बजेट माग गर्न सकिने बताए ।नयां प्रणाली शुरु गरिएकाले अब निवेदनको आधारमा मात्र, सांसद, नेताहरुको भनाईको भरमा बजेट नपाइने बताउनुभयो ।उहांले मापदण्ड पुरा नगरी बजेट माग गरिए नयां प्रणालीको सफ्टवेयरले नमान्ने बताए।१०वर्षे गुरुयोजनाका साथ बजेट तयार गरिएकोसमेत उहांले बताए।प्रदेश सांसद कमलप्रसाद श्रेष्ठले साधारणतर्फको खर्च घटाउने र पूंजीगततर्फको खर्च बढाउने गरी बजेट ल्याउनु पर्नेमा जोड दिए। लोकप्रीयता हासिल गर्ने गरी बजेट ल्याउन नहुने बताउंदै ठूलो आकारको बजेट कार्यान्वयन नहुने भएकाले प्रदेशको सम्वृद्वि हुने गरी खर्च हुने खालको बजेट ल्याउनु पर्ने तर्क गरे। अर्का प्रदेश सांसद भूमिश्वर चौधरीले उपलब्धीमूलक बजेट बनाउनु पर्ने बताए। उत्पादन बढाउने गरी बजेट ल्याउनु पर्ने र विदेशी आयतलाई घटाउनु पर्ने र निर्यातलाई बढाउन सक्ने खालको बजेट आवश्यक रहेको बताए।कार्यक्रममा उपभोक्तिा हित संरक्षण मञ्चका ऋषि आजाद,पत्रकार दामोदर खनाल लगायतले बोल्दै परम्पराबादी र पुरानो शैलीको बजेट नल्याउन सुझाव दिए। केन्द्रको बजेटको आधारमा प्रदेशको बजेट आउने र समयमा खर्च नहुंदा विकासका कामहरु नहुने र बजेट भ्रष्टाचार हुने गरेकाले यसप्रति सचेत बन्न सुझाव दिए ।रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र पत्रकार तेजेन्द्र केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।