भूमिकास्थानलाई नमुना नगरको रुपमा विकास गर्छु – मेयर झविलाल


बुटवल,जेठ२४ गते। नगर क्षेत्र बाहिर रहेका नागरिकसंग समन्वय, सहकार्य र सुझावका आधारमा भूमिकास्थान नगरपालिकालाई नमुना नगरको रुपमा विकास गर्ने नगर प्रमुख झविलाल थापाले प्रतिवद्वता जनाएका छन् । उच्च शिक्षा, रोजगार, व्यवसाय सञ्चालन र स्थायी वा अस्थायी रुपमा बुटवल, भैरहवा, काठमाण्डौ लगायत देशका अन्य शहरमा रहेका सबैसंग सहअस्तित्व कायम गरी सहकार्य, समन्वयका साथ नगरको विकास गर्ने बताए। भूमिकास्थान रुपन्देही सम्पर्क मञ्चले मंगलबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले गाउं समाजको विकासमा सबैको साथ सहयोग आवश्यक छ, भने।उनले भ्रष्टाचारमुक्त नगरपालिका र शुसासन कायम भएको नगरको रुपमा भूमिकास्थानलाई विकास गर्ने दावी गरे।चुनावको बेला मतदातासंग गरिएको प्रतिवद्वता पुरागर्ने आश्वासन दिंदै उनले भने–स्वार्थ भन्दा माथि उठेर काम गर्नेछु,सबैको साथ सहयोग र सुझाव सल्लाहा चाहिन्छ।कार्यक्रममा टानबहादुर केसी,उमलाल वञ्जाडे, विष्णु खनाल लगायतले आआफ्ना भनाइ राखेका थिए ।सम्पर्क मञ्चका संयोजक लक्ष्मण बेल्वासेको अध्यक्षता र गोपाल बञ्जाडेको सञ्चालनमा कार्यक्रम भएको हो।
