असार आठ गतेदेखि बुटवल उपमहानगरको नगरसभा

बुटवल,जेठ२५गते।रुपन्देहीको बुटवल उपमहानगर पालिकाको नगरसभा आगामी असार ८ गतेबाट शुरु हुने भएको छ।असार १ गते भित्रै योजना संकलन गरी ८ गतेबाट नगरसभा शुरु हुनेछ। बुधबार बसेको पहिलो कार्यपालिकाको बैठकले नगरसभाबारे निर्णय गरेको हो ।जेठ मसान्त भित्र उपमहानगरका १९ वटै वडामा बजेट सिलिङ पठाउने र सिलिङको आधारमा योजना संकलनको काम गरिने नगर प्रमुख खेलराज पाण्डेले जानकारी गराउनुभयो। कार्यपालिकाको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै प्रमुख पाण्डेले असार १ गतेभित्र वडाका योजनाहरु संकलन गर्ने र नगरको बजेटबाट सम्भव हुने योजनाहरुलाई सम्बोधन गरिने बताए।प्रदेश र संघीय सरकारको बजेट अनुदानका योजनाहरुकोसमेत योजना निर्माण गरिने बताउनुभयो। नगर प्राुख पाण्डेका अनुसार कार्यपालिका बैठकले नगरको भवन सरसफाईका लागि उपमहानगरमा भएको अहिलेको जनशक्ति र श्रोतसाधनले सम्भव नभएकाले सार्वजनिक टेन्डर आह्वान गर्ने निर्णय भएको छ।आधुनिक भवनको संरचना र नयां प्रविधि अनुसार भवन सफाईका लागि उपकरण तथा जनशक्तिको व्यवस्थापन सार्वजनिक बोलपत्र आह्वान गरी उक्त बोलपत्र अनुसार आउने कम्पनी वा व्यक्तिलाई जिम्मा लगाउने निर्णय भएको छ।कार्यपालिकाको बैठकले विभिन्न विषयगत समितिहरुका संयोजकसमेत तोकेको छ।बुटवल–११ देवीनगरस्थित वडा कार्यालय नजिक पुष्पलाल र वीबीपार्क निर्माणका लागि कार्यपालिकाको बैठकबाट निर्णय भएकोसमेत नगर प्रमुख पाण्डले जानकारी गराए।सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीको समस्या समाधानका लागि पहिलो प्राथमिकतामा राखेको बुटवल उपमहानगरपालिकाले संकलित तथ्यांकको आधारमा अस्थायी निस्सा वितरण गर्ने जनाएको छ। बुटवल उपमहानगरपालिकामा यसअघि नै गरिएको तथ्यांक संकलन अनुसार करिब १७ हजार सुकुम्बासी तथा अव्यवस्थीत बसोबासी रहेका छन्। तत्कालको समस्या समाधानका लागि उपमहानगरपालिका आफैले निस्सा उपलब्ध गराउने निर्णय गरेको हो।