लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

बुटवल,जेठ२९गते। लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गत २५ गते प्रस्तुत नीति तथा कार्यक्रम पारित भएको हो । आज जेठ २९ गते प्रदेश सभाको बहुमत संख्याले नीति तथा कार्यक्रम पारित गरेको हो।सभाुमख पूर्णबहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेश सभाकाको बहुमत संख्याले नीति तथा कार्यक्रम पारित भएको हो। सभामा सम्वोधन गर्दै मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारको ‘समृद्धि प्रदेश आत्मनिर्भर लुम्बिनीको नारालाई यस वर्षको बजेटबाट सम्वोधन गरिने गरी नीति तथा कार्यक्रम आएको बताए।लुम्बिनी प्रदेश सरकारले समृद्धि प्रदेश, आत्मनिर्भर लुम्बिनी भन्ने मूल नारालाई व्यावारिक रुपमा कार्यन्वयन गरिने आश्वासन दिंदै आगामी वर्षको बजेटमा परिमार्जित र परिष्कृत बनाउनका लागि संसादहरुलाई जिम्मेवार बन्न आग्रह गरे ।राजनीतिक विचारमा फरक फरक भएपनि लुम्बिनीको विकासकामा एक हुनुपर्नेमा जोड दिए ।लुम्बिनीको विकास गर्ने दायित्व हामी सबैको बरावरी हो भने । प्रदेशको गौरवको आयोजना, प्रदेश सरकारले शिक्षा, स्वास्थ्य कृषिको क्षेत्रमा लगानी गर्ने बताउँदै त्यसका लागि प्रदेश सकरकार जिम्मेवार भएको मुख्यमन्त्री केसीले बताए।