रक्तदाता दिवसको अवसरमा बुटवलमा ७५ जना रक्तदाता सम्मानित

बुटवल, जेठ ३१ गते। विशेष कार्यक्रमका साथ मंगलबार देशभर विश्व रक्तदाता दिवस मनाईउको छ । रक्तदाता दिवसको अवसरमा बुटवलमा ७५ जना रक्तदातालाई सम्मान गरिएको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलले ७५ जनालाई सम्मान गरेको हो । स्वास्थ्य मापदण्ड अनुसार नियमित रक्तदान गर्नेहरुलाई सम्मान गरिएको हो ।रक्तदाता दिवसको अवसरमा ७ जनालाई स्वर्ण पदक, ३१ जनालाई रजत पदक र ३७ जनालाई प्रशंसा पत्रले सम्मान गरिएको रक्त सञ्चार सेवा केन्द्र बुटवलकी निमित्त प्रमुख राधा शर्माले जानकारी गराईन । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले रक्तदाताहरुलाई सम्मान गर्नुभएको हो। उक्त कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आवश्यक पर्दाको अवस्थामा सर्वसाधारण नागरिकले सजिलै रगत पाउने गरी बुटवलमा रगतको व्यवस्थापन गर्नुपर्ने बताए। स्वास्थ्यप्रति कसैले पनि खेलवाड गर्न नहुने बताउंदै बुटवलमा रगतको अभाव हुंदैन भन्ने सन्देश दिनु पर्ने र त्यसका लागि बुटवल उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिवद्वता जनाए।नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका अध्यक्ष प्रेमलाल उदासको अध्यक्षतामा भएको कार्यक्रममा रक्तदाता दिवस कार्यक्रमका संयोजक कृष्ण चौहान, नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सल्लाहाकार बिमलबहादुर शाक्य, नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका मन्त्री आर मोहम्द खां, महासचिव कृष्ण पंगेनी लागयतले बोल्दै रक्तदानमा सरिक हुन सबैलाई आग्रह गरेका छन् ।रक्तदाता दिवसको अवसरमा रक्त सञ्चार सेवा केन्द्र बुटवलमा ५७ युुनिट रगत संकलन भएको छ । मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा १७ युनिट र नेपाल स्वंसेवीले रक्तदाता समाज रुपन्देहीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । बुटवलमा खासै रगतको अभाव नभएको र माग अनुसार रक्तदाताहरुको संख्या पनि बढेको रक्तसञ्चार सेवा केन्द्र बुटवलकी निमित्त प्रमुख राधा शर्माले बताइन ।हरेक वर्षको जुन १४ तारिखमा संसारभर विश्व रक्तदाता दिवसका रुपमा मनाईने गरिन्छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि नेपालमा विश्व रक्तदाता दिवस मनाउन सुरु गरिएको हो ।