एमाले एक्लै चुनावमा जान्छ र सरकार बनाउंछ – एमाले महासचिव

  बुटवल,असार१गते। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले एक्लै चुनाव जितेर सरकार बनाउन सक्ने बताएका छन्। स्थानीय तहको निर्वाचनमा आएको मतले मुलुकको ठूलो दल एमाले हो भन्ने पुष्टि गरेको बताउंदै अवको चुनाव जितेर एमालेले सरकार बनाउने दावी गरे। पे्रस चौतारी नेपाल,रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पांच दलीय गठबन्धनले एमालेलाई कुनै असर नगर्ने दावी गरे। स्थानीय तहमा आएको मत परिणाम कांगे्रसको २० प्रतिशत मात्रै भएको दावी गर्दै त्यहा भन्दा माथिको मतको परिणामको प्रतिशत गठबन्धका कारण कांगे्रसले ल्याएको महासचिव पोखरेलको तर्क छ ।लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका महासचिव पोखरेलले सत्ताको स्वार्थमा गठबन्धन बनेको आरोप लगाए।उनले एमालेलाई सत्ताको स्वार्थ नभएको दावी गर्दै भने–एमालेमा देश निर्माणको स्वार्थ भएकाले गठबन्धनलाई एमालेले सहज रुपमा सामना गर्न सक्छ। कतिपय ठाउंमा तालमेल होला तर एमाले एक्लै चुनावमा जाने र जित्ने एमाले महासचिव पोखरेलको दावी छ। एमालेका सामु गठबन्धन असफल भएको दावी गर्दै गठबन्धन भनेको विचलन र विदेशीलाई भित्राउने शक्ति भएको दावीका साथ आरोप लगाए। गठबन्धन समस्याको समाधान होइन समस्या हो उनले भने। नेपालको असंलग्न परराष्ट्र नीतिलाई प्रभाव पार्ने गरी नेपाल र अमेरिकी सेनाबीच सैन्य सम्झौता गर्न नहुने बताए। नेपालको असंलग्न परराष्ट्रनीतिका बिरुद्व सरकारले दुई देशवीचका सेनासंग गर्न लागेको सैन्य गठबनधन एमालेलाई मान्य नहुने बताए। राष्ट्रको हित बिपरित हुने कुनै पनि सम्झौता एमालेलाई स्वीकार्य नहुने बताए।सरकारको गलत नीतिका कारण देशमा मौद्विक संकट उत्पनन भएको बताए। सरकार असफल भएकाले देश असफल हुन सक्ने बताउंदै अहिले नेपाली रुपैयां बैंकका पनि सन्चित नभएको र बजारमा पनि नभएको बताए।उनले नेपाल ठूलो आर्थिक संकटमा पर्ने अवस्था आएको बताउंदै यो सरकार पूंजीगत खर्च पनि गर्न नसक्ने अवस्थामा पुगेको दावी गरे। एमालेको पालामा ३.७ प्रतिशतले मुल्यवृद्वि अहिले गठबन्धनको सरकारको पालामा मुल्यवृद्वि कर ७.७९ प्रतिशतमा पुगेको बताउंदै सरकार असफल भैसकेको आरोप लगाए।पे्रस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता,उपाध्यक्ष भगवती पाण्डेको स्वागत र सचिव केशव भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।