बुटवलको अमरपथमा रात्रीकालिन व्यवसाय चलाउन व्यवसायी सहमत

बुटवल, असार ३ गते ।बुटवलको अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालर्नका लागि बुटवल उद्योग वाणिज्य संघले छलफल गरेको छ। बुटवल ४ र ५ मा पर्ने अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालनका लागि शुक्रबार सरोकारवालाहरुसंग छलफल भएको हो ।बुटवलको व्यापार व्यवसाय कजोर हुंदै गएकाले रात्रीकालिन व्यवसाय सञ्चालन गर्न सकिने उद्योगी वयवसायीको भनाइ छ।रात्रीकालिन व्यवसाय चलाउन व्यवसायीको साथ र सहयोग हुने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जल कसजुले बताए।रात्रीकालिन व्यवसाय सञ्चालनका लागि शान्ति सुरक्षा र पार्किङको उचित व्यवस्था हुनुपर्ने र त्यसका लागि सरकार र प्रशासनलाई सहयोग गर्न माग गरे।।प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले रात्रीकालिन व्यवसाय सञ्चालन गर्दा भौगोलिक अवस्था, सडक पूर्वाधार र पार्किङ व्यवस्थापनलाई ध्यान दिनुपर्नेमा जोड दिए।अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने हो भने त्यस क्षेत्रमा सवारी आवागमनलाई पूर्णरुपमा प्रतिवन्ध लगाउनु पर्ने बताए।ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले रात्रीकालिन व्यवसाय सञ्चालन गर्दा सिमित क्षेत्रको मात्रै नभएर त्यहां आउने सेवाग्राही घरपुग्दा सम्म सुरक्षा दिनुपर्ने र त्यसका लागि सुरक्षामा प्रविधिको प्रयोग आवश्यक रहेको बताए।बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष दिनेप्रसाद श्रेष्ठ, संघका पूर्व उपाध्यक्ष हरिप्रसाद अर्याल, अनिल कुवंर, मदन अधिकारी, त्रिबिक्रम श्रेष्ठ, विष्णु पौडेल, अलिम दिन लगायतले आआफ्ना धारणा राख्दै समयको माग अनुसार रात्रीकालिन व्यवसाय चलाउनु पर्नेमा जोड दिएका छन्।उनीहरुले व्यवसायी मिलेपछि रात्रीकालिन व्यवसाय सञ्चालन गर्न सकिने र त्यसका लागि प्रशासन र सरकारले सहयोग आवश्यक पर्ने बताए ।संघका अध्यक्ष उज्जवल कसजुको अध्यक्षता र महासचिव बिमलराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।