सम्वृद्वीका लागि कृषिमा लगानी गर्नुपर्ने सहकारी अभियान्ताहरुको जोड

श्यामलाल पोखरेल बुटवल, पुस १७ गते । देशलाई आर्थिक रुपले सम्वृद्व बनाउन कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन् । कृषि क्षेत्रको विकास नहुंदासम्म देशको अवस्थामा सुधार आउन नसक्ने भएकाले कृषिमा लगानी बढाउनु पर्नेमा जोड दिए । कृषि क्षेत्रमा काम गर्दै आएको बुटवलमा सञ्चालित लालटिन कृषि सहकारीको शुक्रबार भएको पांचौ वार्षिक सधारण सभामा बोल्ने सहकारी अभियान्ताहरुले यस्तो बताएका हुन् ।

सबै प्रकारका सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने र अन्य क्षेत्रमा भन्दा कृषिलाई प्राथमिकता दिएर लगानी गर्नुपर्ने सरोकारवालाको भनाइ छ । सोही कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक भिम तुलाचनले अर्थतन्त्रको तीनमध्ये एक खम्वा मानिएको सहकारीहरुमा संकलित आर्थिक ऋणमा मात्र सिमित राख्न नहुने बताउनुभयो । उहांले कृषिलाई व्यवसायीक रुपमा अगाडी बढाउन उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका केन्द्रिय सदस्य सन्दिप सापकोटाले छरिएर रहेको पूंजीलाई सहकारीमा केन्द्रित गरी कृषिमा लगानी बढाउनु पर्ने बताउनुभयो । कार्यक्रममा सहकारीका सल्लाहाकार लोकराज भुसाल, धुर्वतारा ुहकारीका कोषाध्यक्ष छविन्द्र भट्टराई, सदस्य डिल्लीप्रसाद पाध्याय लगायतले बोल्दै सहकारी अभियानले गरिवी निवारणमा राज्यलाई सहयोग पुराएपनि राज्यले सहकारीलाई समय अनुसार अगाडी बढाउने गरी उचित प्रकारको नीति ल्याउन नसकेको बताउनुभयो ।

लालटिन कृषि सहकारीले उपभोक्ता पसल सञ्चालन गरेर समाजमा प्रभावकारी काम गरेर र सहकारीको लक्ष्य, उद्वेश्यमा सबै लाग्नु पर्नेमा जोड दिनुभयो । सहकारीका अध्यक्ष गंगालाल सापकोटाले ठूलो चुनौतीका विचमा लाटिन उपभोक्ता पसल सञ्चालन गरिएको र कोराना भाइरसले समस्या पारेपनि क्रमस लक्ष्य अनुसार सहकारी सञ्चालन गरिएको बताउनुभयो । साधरणसभाको अवसरमा असल ऋणी, रक्तदाता, सहकारी पसलबाट बढी कारोवार गर्ने, धेरै सदस्य संख्या बढाउने सदस्य, जेष्ठ सदस्य गरी सात जनालाई सम्मान गरिएको छ ।

सहकारीका अध्यक्ष गंगालाल सापकोटाको अध्यक्षता, उपाध्यक्ष यज्ञप्रसाद उपाध्यायको स्वागत, दिनेश पाण्डेको धन्यबाद र सचिव राजु पौडेलको सञ्चालनमा कार्यैक्रम सम्पन्न भएको थियो । सोही पाचौं वार्षिक साधारण सभामा गंगालाल सापकोटाले वार्षिक नीति तथा कार्यक्रम प्रतिवेदन, कोषाध्यक्ष गोपाल प्रसाद गैरेले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षणको प्रतिवेदनको प्रतिवेदन संयोजक उमलाल बञ्जाडेले प्रस्तुत गर्नुभएको थियो । १७ सय ५ जना सदस्य संख्या रहेको लालटिन कृषि सहकारी लिमिटेडको कुल वजेट १० करोड ७८ लाख ९ सय ८३ रहेको छ ।