लुम्बिनीमा करका दायरा बढेका छन् – प्रदेश मन्त्री

बुटवल,असार ३ गते।लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले लुम्बिनी प्रदेशमा करको दायरा बढेको बताएका छन्। आर्थिक वर्ष २०७९।०८० को बजेटबाट करका दायराहरु बढाईएको मन्त्री खड्काले स्पष्ट पारेका छन्।शुक्रबार बुटवलमा पत्रकारहरुसंग छलफलका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले केही क्षेत्रका शुल्क घटाएर करका दायराहरु बढाउनका लागि विभिन्न क्षेत्रको पहिचान गरिएको बताए।उनले करका दायराहरु बढाउनका लागि बन जंगलका सुकेका काठ, यातायात, पर्यटन क्षेत्रका साथै विभिन्न व्यवसाय, व्यवसायिक उद्योगका क्षेत्रहरुको पहिचान गरिएको छ भने।खोला, नालाको ढुंगा, गिट्टी, वालुवा आम्दानीका श्रोतका रुपमा लिन सकिने मन्त्रकिो तर्क छ ।बजेटको सीमा भन्दा बढी जनताको माग आएको बताउंदै मन्त्री खड्काले भने– विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग सञ्चालनका लागि ठूलाठूला मागहरु आएका छन्।उनले लुम्बिनी प्रदेशमा पूंजीगत खर्च ४५ प्रतिशत भएको दावी गरेका छन् ।बजेटलाई सही ढंगले सदुपयोग गर्नका लागि सबै क्षेत्रसंग सुझाव सल्लाहा ल्याएर काम गर्ने मन्त्री प्रतिवद्वता जनाए। उक्त कार्यक्रममा पत्रकारहरुले प्रदेश सरकारलाई मिडियामैत्री बन्न आग्रह गरेका छन्।बजेटको सही प्रकारले सदुपयोग गर्न र भ्रष्टचार,अनियमितता,कमिशन तन्त्रको अन्त्य गर्न सुझाव दिएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंङ विश्वकर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।