विद्यालय केन्द्रित गरी रुपन्देहीमा बालवालिकालाई भाइजर खोप लगाउने तयारी

बुटवल,असार ६ गते।
रुपन्देहीमा कोभिड १९ विरुद्व फाइजर खोप अभियान सञ्चालन हुने भएको छ ।यही असार ११ गतेदेखि १८ गतेसम्म ५ वर्ष माथिका ११ वर्ष पुरा भएका बालवालिकालाई फाइजर खोप लगाउने तयारी भएको छ।स्वास्थ्य कार्यालय रुपन्देहीले विद्यालय केन्द्रित गरेर दुई चरणमा फाइजर खोप लगाउने योजना बनाएको छ।पहिलो चरणमा असार ११ गतेदेखि १४ गतेसम्म पांच वटा पालिका र १५ गतेदेखि १८ गतेसम्म १६ वटा पालिका भित्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई कोभिड १९ विरुद्व फाइजर खोप लगाइने छ ।स्वास्थ्य कार्यालय रुपन्देहीले, रुपन्देहीका स्वास्थ्य कार्याय प्रमुख,शिक्षा शाखा प्रमुख,जिल्ला समन्वय इकाई प्रमुखहरु र सरोकारवालाहरुलाई फाइजर खोपबारे प्रशिक्षण दिएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना र नमुना एकीकृत परिषद्को सहयोगमा फाइजर खोपबारे एक दिने प्रशिक्षण दिइएको हो ।पांच वर्ष माथिका ११ वर्ष पुरा भएका बालवालिकाको लागि फाइजर खोप उपयोगी र प्रभावकारी भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालले बताए। बालवालिकाका लागि फाइजर खोप ९५ प्रतिशत प्रभावकारी भएकाले बालवालिकालाई खोप लगाउनबाट नछुटाउन आग्रह गरेका छन्। फाइजर खोपको साईड इफेक्ट बढी भएपनि स्वासथ्यका लागि बढी प्रभावकारी भएको स्वास्थ्य कार्यालयका प्राुख ढकालले बताए। रुपन्देहीलाई नमुना जिल्ला बनाउने गरी फाइजर खोप लगाउने योजना बनाएर जिल्लाभर अभियान सञ्चालन गर्न थालिएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधृकित भेषराज शर्माले जानकारी गराए ।स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधृकित भेषराज शर्माका अनुसार पहलिो चरणमा ११ गतेदेखि १४ गतेसम्म लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, रोहिणी र ओमसतिया गाउंपालिकामा पहिलो चरणमा फाइजर खोप लगाइने छ। विद्यालयहरु बन्द भएका कारण खोप लगाउन छुटेका बालवालिकालाई स्वास्थ्य खोप केन्द्रमा लेगेर भएपनि खोप लगाउने व्यवस्था मिलाउने शिक्षा समन्वय इकाई प्रमुख दिपेन्द्र ढकालले प्रतिवद्वता जनाएका छन्।शिक्षा इकाई प्रमुख देवदहका टिकाराम….र मायांदेवी गाउंपालिकाका शिक्षा इकाई प्रमुख नारायण लामिछानेले बालवालिकाहरुलाई भाइजर खोप लगाउनका लागि स्वास्थ्यकर्मीको टिमलाई सहयोग गर्ने र सबै बालवालिकालाई खोपबाट बन्चित नगराउने गरी सबैलाई आआफ्नो ठाउंमा काम गर्न आग्रह गरे। भाइजर खोप कसरी लगाउने, कुन उमेरकालाई दगाउने र पहिलो खोप लगाएको २१ दिनपछि दोस्रो खोप लगाउन सकिनेबारे स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले प्रशिक्षण दिएका थिए।