बुटवलको नीति तथा कार्यक्रम सार्वजनिक, बुटवल मण्डपको नाम फेरियो

बुटवल,असार८गते। रुपन्देहीका १० स्थानीय तहमध्ये सबै भन्दा ठ्रूलो स्थानीय तह बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार विशेष समारोहको आयोजना गरी नगर प्रमुख खेलराज पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।       नगर प्रमुख पाण्डेले नगर सभाको एघारौं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रममा जनस्वास्थ्यतर्फ नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने, उपप्रमुख सरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्ने, क्षयरोग मुक्त बुटवल अभियान सञ्चालन गर्ने लगायतका स्वास्थ्यका कार्याक्रमलाई प्राथमिकता राखिएको छ। बुटवलको रामनगरमा निर्माणधिन बुटवल मण्डपको नाम गिरिजाप्रसाद कोईराला बुटवल मण्डप राखिने भएको छ। तीनाउ नदी तटबन्ध गरी ड्याम निर्माण गरेर हिउंदमा पानी संकलन गरेर स्टिमर चलाउने, सांझमा आरती गर्ने गरी तीनाउ आरती केन्द्रका रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोला र बेलबास–बेथरी सडक छिटो निर्माण र मर्मतका लागि पहल गर्ने, बुटवल वडा नंं. १४ देखि १९ (मोतिपुर सेमलार क्षेत्र) सम्मलाई कृषि, पशुपालन, आधुनिक बसोबासको क्षेत्रका रुपमा विकास गर्दै ग्रीनसिटीमा रुपान्तरण नीति तथा कार्यक्रममा उल्लेख छ।यस्तै पुरानो बुटवललाई पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय शहरको क्षेत्रका रुपमा विकास गर्ने, बुटवल मण्डपलाई गिरिजाप्रसाद कोइराला बुटवल मण्डप नामाकरण गरिने र मेयर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। बुटवल १५ मा २ अर्ब लागतको अत्याधुनिक थोक कृषि बजार, बुटवल ७ मा प्रादेशिक बसपार्क निर्माण, बुटवल–१६ कर्साघाटमा शवदाहस्थल, बुटवल १ देखि नुवाकोटसम्म पैदलमार्ग निर्माण, नगरमा भएका स्वास्थ्य संस्थाको स्तरवृद्वि र सबै वडामा स्वास्थ्य संस्था स्थापना गरिने छ।त्यस्तै १५ बेडको सुविधा सम्पन्न नगर अस्पताल सञ्चालनको प्रकृयाको थालनी रिने नीति तथा कार्यक्रम सार्वजनिक नगर प्रमुख लेखराज पाण्डेले प्रतिवद्वता जनाएका छन्।