अमृताको अन्तिम दाहासंस्कार गरियो

बुटवल,असार१०गते।शंकास्पद मृत्यु भएकी रूपन्देही तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगर निवासी अमृता खत्री टण्डनको ७३ दिनपछि २०७८ असार १० गते दाहासंस्कार गरिएको छ ।२०७८ चैत्र ३० गते राती अमृताको घरमै शंकास्पद ढंगले मृत्यु भएको थियो। अमृताको मृत्युपछि अमृतको माईती पक्षले मृत्यु नभएर घरपरिवारको मिलोमतोमा हत्या गरिएको भन्दै किटानी जाहेरी दिएका थिए ।हत्यामा संलग्न अमृताको श्रीमान, सासु र ससुरालाई कारवाही माग गर्दै माईती पक्षले किटानी जाहेरी दिएपछि अमृताको दाहासंस्कार हुन सकेको थिएन ।७२ दिनपछि घर पक्षले अमृताको छोराको शिक्षा, स्वास्थ्यका लागि १४ लाख रुपैयाँ दिने, अमृतको नाममा सामाजिक कामका लागि रु १ लाखको अक्षयकोष स्थापना गर्दिने र सम्पति राक्का गराउने दुवै पक्षबीच सहमति भएपछि अमृताको अन्तिम दाहासंस्कार गरिएको हो। अमृताका दाई पुष्प खत्रीले हाम्रा मागहरु घर पक्षले स्वीकार गरेपछि दाहासंस्कार गरिएको बताउनुभयो ।अमृताको शव ७२ दिनसम्म लुम्बिनी प्रादेशीक अस्पतालको शव गृहमा राखिएको थियो।माइती पक्ष, घर पक्ष, स्थानीय, प्रहरी प्रशान र स्थानीय जनप्रतिनिधिको सहभागितामा सहमति गरिएको थियो ।अमृताको शव दाहासंस्कार गर्न दुवै पक्षबीच सहमती भएपछि तिलोत्तमा ३ को स्थानीय मगरघाटमा सामाजिक परम्परा अनुसार अमृताको अन्तिम दाहासंस्कार गरिएको हो । अमृताको दाहासंस्कार गर्न समति जनाएको माइती पक्षको न्याय नपाएको गुनासो छ ।