रुपन्देहीमा बालवालिकालाई कोरोनाबिरुद्व फाइजर खोप लगाउन शुरु

बुटवल,असार११गते। विद्यालय केन्द्रित गरी रुपन्देहीमा आजदेखि बालवालिकालाई कोभिड १९ विरुद्व फाइजर खोप लगाउन शुरु भएको छ । असार ११ गतेदेखि १८ गतेसम्म ५ वर्ष माथिका ११ वर्ष पुरा भएका बालवालिकालाई फाइजर खोप लगाउन शुरु गरिएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीले विद्यालय केन्द्रित गरेर दुई चरणमा फाइजर खोप लगाइने छ ।पहिलो चरणमा आज असार ११ गतेदेखि असार १४ गतेसम्म पांच वटा पालिका र १५ गतेदेखि १८ गतेसम्म ११ वटा पालिका भित्रका विद्यालयहरुमा अध्ययनरत बालवालिकालाई कोभिड १९ विरुद्व फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले बताएको छ ।पांच वर्ष माथिका ११ वर्ष पुरा भएका बालवालिकाको लागि फाइजर खोप उपयोगी र प्रभावकारी भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालले बताए। बालवालिकाका लागि फाइजर खोप ९५ प्रतिशत प्रभावकारी भएकाले बालवालिकालाई खोप लगाउनबाट नछुटाउन आग्रह गरेका छन्। फाइजर खोपको साईड इफेक्ट बढी भएपनि स्वासथ्यका लागि बढी प्रभावकारी भएको स्वास्थ्य कार्यालयका प्राुख ढकालले बताए। रुपन्देहीलाई नमुना जिल्ला बनाउने गरी फाइजर खोप लगाउने योजना बनाएर जिल्लाभर अभियान सञ्चालन गर्न थालिएको स्वास्थ्य खोप अधृकित भेषराज शमाका अनुसार रुपन्देहीका १ लाख ४४ हजार ८ सय ५५ बालबालिकाका लागि फाइजर खोप लगाउने छन् ।खोपका लागि ६६ वटा केन्द्र, १ हजार ५२ खोप कार्यकर्तासहित १ हजार ८ सय ९२ स्वयंसेवक खटिएका छन् ।