खेलमा जस्तै राजनीतिमा स्वच्छ प्रतिष्पर्धा आवश्यक – विष्णु पौडेल

मदन भण्डारी स्पोटर्स एकेडेमीद्धारा भलिबल प्रतियोगिता सुरु

बुटवल, असार १२ गते। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान मन्त्री विष्णुप्रसाद पौडेलले खेल प्रतिषर्धाबाट दलहरुले स्वच्छ राजनीतिक प्रतिष्पर्धा सिक्नुपर्ने बताएका छन् ।मदन भण्डारी स्पोटर्स एकेडेमीको छात्राछात्रा भलिबल प्रतियोगिताको शनिबार बुटवलमा उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले राजनीतिमा स्वार्थ र अस्वसथ्य प्रतिष्पर्धा देखिएको बताए ।उनले खेलका स्वच्छ विधि जस्तै राजनीति स्वच्छ हुनुपर्नेमा जोड दिए । खेल स्वास्थ्य, अनुशाशन, मनोरन्जन र प्रतिश्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताउदै नेता पौडेलले भने – सबैका लागि खेल गतिविधि गरिनु पर्छ।एमाले सरकारले खेलको विकासका लागि प्रदेश स्तरीय खेल मैदान, एक पालिका एक खेलमैदान कार्यक्रम र खेल पूर्वाधारको स्तरोन्नती गरेको दावी गरे।पौडेलले बुटवलमा अन्तर्राष्ट्रिय्र स्तरको खेलकुद कम्प्लेक्सको माग भएको बताउदै त्यसको निर्माणका लागि आफूले् अगुवाइ गर्ने दावी गरे ।प्रतिष्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारबाट प्रभावित मदन भण्डारी एकेडेमीले खेल गतिविधिमा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए।कार्यक्रममा बोल्दै नेसनल नेपाल अस्पताल काठमाडौंका अध्यक्ष डा. प्रकाश पौडेलले एकेडेमीका खेलाडी र सदस्यलाई उपचारमा २५ प्रतिशत छुट र एम्बुलेन्स छुट सहितका सुबिधाको घोषणा गरे। कार्यक्रमका अध्यक्ष ध्रुब आचार्यले ७१ औं मदन जयन्तीका अवसरमा भएका प्रतियोगिता र खेल गतिविधिबारे जानकारी दिए।
भलिबल प्रतियोगिता 
मदन भण्डारी स्पोटर्स एकेडेमीद्धारा भलिबल प्रतियोगिता सुरु भएकोछ । सबैका लागि खेल भन्ने नारासहित मदन भण्डारी स्पोटर्स एकेडेमीले संचालन गरेको उच्चमावि स्तरीय भलीबल प्रतियोगिताको शनिबार उद्घाटन भएको छ ।बुटवलको सिद्धेश्वरी लालकुमारी माविको खेलमैदानमा भएको प्रतियोगिताको पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका हुन् ।उद्घाटन खेल अन्तरगत शनिबार विभिन्न ६ समूहबीच प्रतिश्पर्धा भएको खेल संयोजक बुद्धी वश्यालले जानकारी गराएका छन् ।छात्रतर्फ गिर्वाण माध्यामिक विद्यालय तिलोत्तमा रुपन्देही विरुद्ध हरैया मावि प्रतिष्पर्धा गरे । प्रतिष्पर्धामा हरैया माविलाई पराजित गर्दै गिर्वाण मावि विजयी भयो । छात्रातर्फ पहिलो खेलमा सगरमाथा इंलिस बोडिंङ स्कूललाई नवज्योति मावि तिलोत्तमाले १ का विरुद्ध २ सेटले पराजीत गर्यो । सिद्धेश्वरी लालकुमारी मावि र कान्ति मावि बीचको प्रतिश्पर्धामा ० का विरुद्ध २ सेटले कान्ति मावि विजयी भयो । यस्तै सिद्धार्थ बोडिंङ स्कूल र कुवरवर्ती बोर्डिङ बीचको प्रतिश्पर्धामा ० का विरुद्ध २ सेटले कुवरवर्ती विजयी भयो । न्यु होराइजन मावि र बुद्ध पब्लीक विद्यालय बीचको प्रतिश्पर्धामा ० का विरुद्ध २ सेटले न्यू होराइजन विजयी भयो । विजयी टिमले दोस्रो चरणमा प्रतिश्पर्धा गर्ने छन् । शनिबार नै भएको दोस्रो चरणको छात्रा भलिबल प्रतियोगितामा नवज्योति बोर्डिङ स्कूल रुपन्देही र सूर्योदय मावि कपिलवस्तुबीच प्रतिष्पर्धा भयो ।