एमाले त्यागेका प्यूठानका वामदेवले खोले नयांदल

बुटवल,असार १४ गते। एमाले त्यागेका पूर्व प्यूठान घर भएका वावदेव गौतमले नयांदल खोलेका छन् । मंगलबार काठमाण्डौमा नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामक दल घोषणा गरेका हुन् ।वामदेव गौतम आफु संयोजक रहेको दल मंगलबार रिपोटर्स क्लबमा आयोजित पत्रका सम्मेलन गरीे नयां दल घोषणा गरेका हुन् ।तत्कालिन नेकपा विभाजन भएर एमाले र माओवादी अलग भएदेखि नै पार्टी एकताका लागि अभियान सञ्चालन गर्दै आएका गौतमले मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामक छुट्टै पार्टी घोषणा गरे । पार्टीको संयोजक वामदेव गौतम, सचिव डिबि कार्की, केन्द्रीय सदस्यहरुमा ओम शर्मा चालिसे, डिल्लिराज भट्टराई, दुर्गा भन्डारी, निमकान्त पान्डे, भगवती विस्ट, युवराज सफल लगायत छन् ।पार्टी घोषणा कार्यक्रममा गौतमले एकीकृत कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताए। आगामी तीन महिना गम्भीर रुपमा एकता अभियान सञ्चालन गर्ने संयोजक गौतमले बताएका छन् ।उनले अहिले नै ४÷५ वटा दर्ता भएका पार्टीले साथ दिएको र अझै ६÷७ वटा दर्ता भएका दलले साथ दिने संयोजक गौतमले दावी गर्दै आफ्नो पार्टी ठूलो पार्टी बन्ने बताए ।संयोजक गौतमले भने– मेरो पहलमा ४५ पटक पार्टी एकता भएको भन्दै पार्टी एकताका लागि म अनुभवी छु । पार्टीमा एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज, ७ जना उपाध्यक्ष र एकजना महासचिवको व्यवस्था गरिएको संयोजक गौतमले बताएका छन् । यस्तै एकजना उपमहासचिव, एक उपमहासचिव र एकजना सचिवको व्यवस्था रहने गौतमले बताए । संयोजक गौतमका अनुसार अनुसार दैनिक कार्यसञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी हुनेछ । पार्टी घोषणासभामा पदाधिकारीको भने उनले घोषणा गरेनन् । यस्तै गौतम संयोजक रहेको सचिवालय निमार्ण गर्ने र त्यसले अरु दलहरुसंग वार्ताका लागि समन्वय गर्ने बताए। तत्कालिन नेकपा फुटाउने दोषी केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड भएको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको दावी छ ।