नेपाल मै पहिलो ट्राम रेल तिलोत्तममा सञ्चालन गरिदै

श्यामलाल पोखरेल तिलोत्तमा, पुस १९ । पव्लिकको लगानीमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रेल सञ्चालन गरिदै छ । नगरपालिका भित्रको ५२ किलो मिटर रिङरोडमा रेल सञ्चालनका लागि तयारी गरिएको हो । आइतबार तिलोत्तमा नगरपालिका चक्रपथ ट्राम रेल्वेको डिपीआर उद्घाटन गरिएको छ । तिलोत्तमा पब्लिक रेल्वे कम्पनीद्वारा ५२ किलो मिटर रिङरोडमा रेल सञ्चालन गरिने योजना बनाएको छ ।

ट्राम रेल्वेको डिपीआर उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बनसुदेव घिमिरेले पव्लिक शेयरमा सञ्चालन हुने रेलका लागि नगरपालिकाले सहयोग पुराउने प्रतिवद्वता जनाउनुभयो । रेल्वे निर्माणमा आउने बाधा अड्चन फुकाउन र सक्दो आर्थिक सहयोग गर्न नगरपानलिका तयार रहेको बताउंदै नगरप्रमुख घिमिरेल भन्नु भयो– पब्लिक शेयरका कारण रेल्वे तोकिएकै समयमा सम्पन्न हुने र रेल सञ्चालन हुनेछ । दुइ वर्ष भित्र योगिकुटीदेखि रोहिणी नदीको जलासयसम्मको १४ किलोमिटर सडकमा रेल सञ्चालन हुने बताउनुभयो ।

कृषि र पर्यकटीय हिसावमा रेल महत्वपूर्ण बन्ने उल्लेख गर्दै नागरिकले सेवा पाउने बताउनुभयो । तिलोत्तमा पव्लिक रेल्वे कम्पनीका प्रबन्धक तथा नेपाल रेल्वे कम्पनी जनकपुरका पूर्व महाप्रबन्धक भोला शर्माले नगरपालिकाको समन्वयमा नगरपालिकाले भने अनुसार रेल्वे बनाएर रेल सञ्चालन गरिने बताउनुभयो । रेल सञ्चालन भएपछि सडकमा कुनै अबरोध नहुने र कोलाहाल पनि नहुने र वातावरणका कुनै असर नपर्ने जानकारी गराउनुभयो । ट्राम पर्यटकीय रेल भएकाले मानव बस्तीलाई कुनै अवरोध नहुने र सडकमा समस्या हुंदा बे्रक लगाएर पनि यो रेल रोक्न सकिने बताउनुभयो ।

रेल सञ्चालनका लागि बाटो, पैसा र रेल कहांबाट ल्याउने भन्ने प्रमुख समस्या भएपनि तिलोत्तमाका लागि कुनै समस्या नहुने दावी गर्नुभयो । तिलोत्तमा नगरपालिका २ का वडाध्यक्ष दधिराम गौतम, तिलोत्तमा पप्लिक रेल्वे कम्पनी लिमिटेडका उपाध्यक्ष हरि तिवारीले रेल सञ्चालनमा सबैको सहयोग र सल्लाहा आवश्यक पर्नेमा जोड दिनुभयो । रेल्वे कम्पनीका अध्यक्ष बाबुराम अर्यालको अध्यक्षता र डिल्लीनारायण पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि दाङले रेल्वे निर्माणको ठेक्का पाएको छ । अबको ७,८ महिना भित्र डिपीआर सम्पन्न हुने बताईएको छ । प्रारम्भिक सर्वेक्षण गरी सकिएको रेल्वे निर्माण गरी रेल सञ्चालका अनुमानित ६,७ अर्व बजेट लाग्ने रेल्वे कम्पनीका अध्यक्ष बाबुराम अर्यालले जानकारी गराउनुभएको छ । ५२ किलो मिटरको दुरीमा सञ्चालन गरिने रेलका लागि १७ वटा स्टेशन बनाइने छ । आजसम्म ५ सय ५ जना पब्लिकको शेयर रहेको र आर्थिक कमी हुने भएकाले केही दिनका लागि पब्लिकका लागि शेयर खुल्ला गरिएको सञ्चालक डिल्लीनारायण पाण्डेले जानकारी गराउनुभयो । प्रति व्याक्ति १ लाखकको शेयरका लागि तत्काल २५ हजार र केही दिनपछि शेयर पुरा गर्नुपर्ने प्रावधान छ । ट्राम रेल सञ्चालन तिलोत्तममा पहिलो रेल हो ।