हतियारसहित रुपन्देहीमा तीन जना भारतीय नागरिक पक्राउ

बुटवल,असार२०गते।रुपन्देहीको लुम्बिनी क्षेत्रबाट प्रहरीले हतियारसहित ३ जनालाई पक्राउ गरेको छ । आईतबार राती पक्राउ गरिएको प्रहरीले बताएको छ ।गस्तीमा खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेकोहो । युपी ५५ एडी ०६८४ नम्बरको मोटरसाईकलसंका लागेपछि पिछा गर्दै जाने क्रममा लुम्विनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ बसपार्क नजिक मोटसाईकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिई दुर्घटना भएको प्रहरीको भनाई छ । पक्राउ पर्नेमा भारत जिल्ला सिद्दार्थनगर बस्ने ३४ बर्षिय चिनक भनिने मेदी हुसेन, सोही ठांउ बस्ने ५१ बर्षिय अक्बर खांन र ५५ बर्षिय आसिक वलिलाई रुपन्देही प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बेद पौडेलले जानकारी दिए। प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट मोटरसाईकल चालक चिनक भनिने मेदी हुसेनको दाहिने कम्मरपेटीबाट कालो प्लाष्टिकको झोला भित्र एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको २ राउण्ड गोली र चक्कु १ थान फेला परेको छ । मोटरसाईकल दुर्घटनामा परी तीनै जना घाईते भएकाले उनीहरुलाई उपचारका लागि मेडिकल कलेज भैरहवा पठाईएको छ । मोटरसाईकलले ठक्कर दिएको गोरुको घटनास्थलमै मृत्यू भएको र हतियारसहित पक्राउ परेकाहरुको थप अनुसन्त्रान भैरहेको प्रहरीले बताएको छ ।