सरकारद्वारा नागरिकता विद्येयक फिर्ता

बुटवल,असार २४ गते। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले नेपाल नागरिक विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकबाट गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक फिर्ता लिएका हुन्। प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिएसँगै सरकारले अर्को विधेयक अघि बढाउने भएको छ। फिर्ता लिइएको यो विधेयकमाथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले २ वर्ष दफावार छलफल गरी प्रतिवेदन प्रतिनिधिसभामा पठाएको थियो। उक्त प्रतिवेदन प्रतिनिधिसभामा विचाराधीन रहेकै अवस्थामा सरकारले विधेयक नै फिर्ता लिएको हो। दलहरुबीच सहमती भएपछि नागरिकता विद्येयक फिर्ता ल्याईएको गृहमन्त्री बालकृष्ण खांणले बताएका छन् ।