बुटवल कोराना विरुद्वको पूर्णखोप मुक्त घोषणा

बुटवल,असार २७ गते। रुपन्देहीको बुटवल उपमहानगरपालिकालाई कोरोना विरुद्वको पूर्ण खोपमुक्त घोषणा गरिएको छ।नेपालमै बुटवल उपमहनगरपालिका पहिलो कोरोना खोप विरुद्वको पूर्णखोप मुक्त महानगरपालिका भएको दावी गरिएको छ। सोमबार विशेष कार्यक्रमको आयोजना गरी बुटवल उपमहानगरपालिकालाई पूर्ण खोपमुक्त घोषणा गरिएको हो। १२ वर्षमाथिका उमेर समूहको कोभिड १९ विरुद्धको पूर्णखोप सुनिश्चितता उपमहानगर घोषणा गरिएको हो। बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले पूर्णखोप घोषणा गरेका हुन्। बुटवल उपमहानगरपालिकाबाट पूर्णखोपका लागि नगरवासीलाई खोपका लागि सहज सेवाका साथ खोप केन्द्रमार्फत खोप सेवा दिएकोे नगरप्रमुख पाण्डेले बताएका छन्।

मुख्यमन्त्री
कार्यक्रममा बोल्दै प्रमुख लुम्बीनि प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले प्रदेशका नागरिकको जीवन रक्षाका लागि चारबटा कोभिड अस्पतालको निर्माण गरेर जनतालाई स्वास्थ्य सेवा दिएको बताए । प्रदेश सरकारले कोभिडबिरुद्ध स्वास्थ्य क्षेत्रका लागि बजेटलाई पहिलो प्रथामिकता दिएको बताउंदै स्वास्थ्य क्षेत्रलाई प्रथाकितामा राखेर प्रादेशिक अस्पताको विस्तार विशिष्टकृतको अस्पताल बनाइने आश्वासन दिए ।

खोप नलगाउने र खोप लगाउन छुटेकालाई खोप लगाउन आह्वान गर्ने, खोप लगाउन छुटेकालाई खोप लगाउने र तथ्याकंन संकलन गरी जनचेतनामूलक कार्यक्रमहरु गरिएको उपमहानगरपालिकाका सूचना अधिकारी मित्रमणि खनालले बताए । बुटवलमा रहेका १ लाख ९५ हजार ५ सय ६५ जनामध्ये १२ वर्ष माथिका १ लाख ५७ हजार ३ सय ९३ जनालाई खोप लगाइएको छ। खोजेर ९ हजार ८ सय ६५ जनालाई र बुटवलबाहिरका २२ हजार ६ सय ६३ जना नागरिकलाई खोप लगाइएको बुटवल उपमहानगरपालिकाले बताएको छ। १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा बुटवल उपमहानगरपालिकासहित नौ वटा स्थानीय तहले कोराना विरुद्वको पूर्णखोप मुक्त पालिका घोषणा गरेका छन्। यस अघि तिलोत्तमा, सैनामैना, रोहिणी, मर्चवारी,ओमसातिया, सियारी, सुद्वोधन र मायांदेवी गाउंपालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषरजा शर्माका रुपन्देहीका १ लाख २७ हजार बढी बालवालिकालाई कोरानो बिरुद्वको फाइजर खोप लगाईएको छ ।