लुम्बिनीका सञ्चारमन्त्रीको लापरवाहीले सञ्चार क्षेत्रको बजेट फ्रिज

कर्मचारीलाई दोषी देखाएर उम्कने पक्षमा सञ्चारमन्त्री

बुटवल, असार २८ गते ।लुम्बिनी प्रदेश सरकारले सञ्चार क्षेत्रलाई छुट्टाएको तथा विनियोजन गरेको बजेट फ्रिज भएको छ। सञ्चार क्षेत्रको उन्नतीका लागि विनियोजित १ करोड बढी वजेट फ्रीज भैसकेको छ। प्रदेशको राज्य सञ्चालकहरुको असक्षमता र मिडियाप्रति जवफादेही बन्न नसकेकाहरुको गैर जिम्मेवारीका कारण बजेट फ्रिज भएको हो। यस अघिको सरकारका मुख्यमनत्री शंकर पोखरेल हुंदा पनि नेपाल टेलिभिजन बाहेक अन्य सञ्चार माध्यामहरुलाई विज्ञापन र अन्य सेवा सुविधा दिन नसक्दा बजेट फ्रिज भएको हो। अहिले कुलप्रसाद केसी मुख्यमन्त्री भएको अवस्थामा पनि ठूलो रकम फ्रिज भएको छ। कोरोना महामारीका कारण र विज्ञापन अभावका कारण आर्थिक रुपले विपन्न भैसकेको सञ्चार क्षेत्रका लागि विनियोजित बजेट फ्रिज हुनु दुर्भाग्य हो। नीति तथा कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई बजेट बिनियोजन गरिएपनि सञ्चारमन्त्रीको कमजोरी, लाचारीपन, मिडियामैत्री बन्न नसक्दा र कर्मचारीको बदमासीका कारण सञ्चार क्षेत्रको बजेट फ्रिज भएको हो। लुम्बिनी प्रदेश सरकार र सरकारका सञ्चारमन्त्री कर्मचारीहरुको सञ्चार क्षेत्रलाई हेर्ने दृष्टिकोण गलत हुंदा हरेक वर्ष विनियोजित बजेट फ्रिज हुने गरेको छ। अघिल्लो सरकारमा सञ्चारमन्त्री रहेका वर्तमान मुख्यमन्त्री कुल प्रसाद केसीको कार्यकालमा जस्तै वर्तामान सञ्चारमन्त्री तिलकराम शर्माको कार्यकालमा पनि सञ्चार क्षेत्रको अधिकांस बजेट फ्रिज भएको छ। लुम्बिनी सरकारले प्रतिस्थापन विधेयकमार्फत् सञ्चार क्षेत्रलाई विनियोजन गरेको रकमलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको लापरवाहीका कारण बजेट फ्रिज भएको सञ्चार मन्त्रालयका कर्मचारीहरु बोलने थालेका छन्। सञ्चारमन्त्री तिलकराम शर्माले बजेट खर्च गर्ने विषयमा खासै चासो नदेखाएपछि कार्यबिधि नबनेपछि बजेट फ्रिज भएको कर्मचारीहरुको भनाइ छ। कर्मचारीहरुबाट कुनै कमजोरी नभएको कर्मचारीहरुको दावी छ। चालु आर्थिक वर्षमा प्रदेश सरकारले पत्रकारहरुलाई लेखनवृत्तिका लागि छुट्टाएको २० लाख रुपैयाँ, रेडियो उपकरण अनुदान शीर्षकमा २० लाख रुपैयाँ, सञ्चार सम्बद्ध संघसंस्थाहरुका लागि छुट्टाइएको २५ लाख र प्रदेशमा दर्ता भएर सञ्चालन आएका अनलाइन (डिजिटल पत्रिकाका) लागि अनुदान स्वरुप छुट्टाइएको २० लाख बजेट पनि फ्रिज भएको हो।सञ्चारमाध्यमलाई हेर्ने गलत दृष्टिका कारण बजेट फ्रिज भएको र बजेट फ्रिज हुनु राम्रो पक्ष नभएको पत्रकार महासंघ रुपनदेहीका सभापति रामराज पोखरेलले बताए।