लुम्बिनी प्रदेशद्वारा पांच जना पत्रकार सम्मानित

बुटवल, असार २८ गते।लुम्बिनी प्रदेश सरकारले पांच जना पत्रकारलाई सम्मान गरेको छ । रुपन्देहीका खिमानन्द भट्टराई, सन्जु पौडेल र स्व. विन्दुकुमार चौहानलाई मरणोपरान्त पुरस्कारबाट पुरस्कृति गरिएको छ । त्यस्तै डिलारम भुसाल र पे्रम विक लाई प्रमाण पत्रसहित नगदले सम्मान गरिएको हो । लुम्बिनी प्रदेशले प्रदान गर्ने अग्रज पत्रकारिता पुरस्कारबाट खिमानन्द भट्टराई र मरणोपरान्त विन्दु कुमार चौहानलाई सम्मान गरिएको हो । त्यस्तै सिर्जशीलन पत्रकारिता पुरस्कारबाट सन्जु पौडेल, डिलाराम भुसाल प्रेम बि.क. सम्मानित भएका हुन्।उनीहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा र कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले संयुक्त रुपमा मंगलबार सम्मान गरेका हुन् ।लुम्बिनी प्रदेश सरकारले १ लाख राशिको लुम्बिनी प्रदेश अग्रज पत्रकार सम्मान १ जनालाई र ५० हजार राशिको लुम्बिनी प्रदेश सृजनशील पत्रकारिता पुस्कारबाट ३ जना पत्रकारलाई सम्मान गर्ने यस अघिको निर्णय अनुसार सम्मान गरिएको हो ।उक्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सञ्चार क्षेत्रले सरकार र जनताको बीचमा पुलको काम गर्ने बलियो र भरपर्दौ माध्याम भएको बताए । मुख्यमनत्री केसीले सञ्चार क्षेत्रलाई मर्यादित र थप भरपर्दो बनाउनु पर्नेमा जोड दिए।आन्तरिक मामिला तथा सन्चारमन्त्री तिलकराम शर्माले सञ्चार क्षेत्र सही तरिकाले प्रयोग नहुंदा ठुला ठुला दुर्घटना हुदै गएको बताए। प्रमुख सचिब डिल्लीराम शर्माले मिडिया राज्यको चौथो अंग भएको हुंदा सत्यमा आधारित समाचारहरु बाहिर ल्याउनु पर्नेमा जोड दिए।