कांगे्स र एमालेको विवादले तिलोत्तमाको बजेट अनिश्चित

बुटवल, असार ३२ गते। कांगे्रस र एमालेको विवादका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट पारित हुन सकेको छैन ।दुई पार्टीको भागवण्डा नमिल्दा बजेट पारित अनिश्चित जस्तै भएको छ । समयमा बजेट पास हुन नसक्दा तिलोत्तमाको विकास प्रभावित हुने देखिएको छ ।स्थानीय तहको निर्वाचनमा कांगे्रसले नगरप्रमुख र केही वडाहरु जितेपनि उपप्रमुखसहित केही वडामा जित हासिल गरेको एमालेको कार्यापालिकामा बहुमत छ ।एमालेको बहुमत हुंदा कांगे्रसले भने जस्तो गरी निर्णय गर्न सकेको छैन । एमालले बहुमतको दम्भ देखाउंदै विभिन्न समितिमा दावी गरेपछि कांगे्रसले एमालेले दावी गरेका समितिहरु दिन नसक्दा विवाद चुलिएपछि तिलोत्तमा बजेट पारित हुन नसकेको हो । कांगे्रस र एमालेवीच विवाद हुंदा शुक्रबार दिउंसो १ बजेका लागि बोलाइएको १२ औं अधिवेशनको तेस्रो बैठक स्थगीत भएयो ।कांगे्रसले गणपुरक संख्या नपुगेकाले बैठक स्थगीत गर्नुपरेको बताएको छ । नगरप्रमुख रामकृष्ण खांणले गणपुरक संख्या नपुगेकाले नगरसभा बैठक स्थगीत गरिएको बताएका छन् । एक कार्यपालिका सदस्यका अनुसार शुक्रबारको उक्त बैठकमा अधिकांश नगरसभा सदस्यहरूको सहभागीता रहेको थियो । एमालेले न्यायिक, आर्थिक, विद्यान र सहकारी समितिमा दावी गरेको छ । कांगे्रसले पनि न्यायिक समितिको सदस्यमा दावी गरेपछि एमालेका जनप्रतिनिधिहरुले गणपुरक संख्यामा सहभागिता नजनाएपछि एमालेकै कारण शुक्रबारको बैठक स्थगीत .गर्नुपरेको कांगे्रस निकट जनप्रतिनिधिहरुको दावी छ । ८९ जना जनप्रतिनिधि उपस्थित भएको नगरसभामा गणपुरक संख्या नपुगेको भन्दै फर्जी माइन्यूट तयार गरेर नगरसभा स्थगीत गरिएको एमालेका ननपूतिनिधिहरुको आरोप छ । नगरप्रमुखले फर्जी माइन्युट गराएर उल्टै गणपुरकसंख्या नपुगेको नाटक गरेकाले बैठक बस्न नसकेको र बजेट पारित हुन नसकेको एमालेका जनप्रतिनिधिहरुले शुक्रबार सांझ पत्रकार सम्मेलन गरी बताएका छन् ।पत्रकार सम्मेलनमा एमालेबाट कार्यपालिका सदस्यमा निर्वाचित सुरेन्द्र श्रीले नगरप्रमुखले ८९ जना जनप्रतिनिधि उपस्थित भएको नगरसभामा गणपुरक संख्या नपुगेको भन्दै फर्जी माइन्यूट तयार गरेर नगरसभा स्थगीत गरेको दावी गरेका छन् । नगरसभा बैठकको माइन्यूटमा ८८ जनाको हस्ताक्षर भएकोमा नगरप्रमुख खांणले नगरसभाको हल बाहिर छुट्टै फर्जी माइन्यूट खडा गरी ४१ जनाको हस्ताक्षर गराएर गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगीत गरिएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन ।नगरउपप्रमुख जगेश्वरीदेवी चौधरीका अनुसार असार २१ गतेको लागि नगरसभा बोलाएपनि नगरप्रमुखले पटक–पटक सार्दै आएपछि शुक्रबारका लागि बोलाईएको थियो ।कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरुले बजेटका साथै न्यायिक समिति लगायत चारवटा विषयगत समिति गठनलाई पनि कार्यसूचीमा राख्न आग्रह गरेपनि नगरप्रमुखले बजेट पारित गर्ने कार्यसूची मात्र पेश गरेपछि एमालेका सदस्यहरुले अस्विकार गरेका थिए ।