बुटवलको लुम्बिनी र दाङको राप्ती अस्पतालमा निःशुल्क सेवा शुरु

बुटवल,साउन १ गते। लुम्बिनी प्रदेशका दुई वटा सरकारी अस्पतालमा निःशुल्क रुपमा वेडसहित सेवा सञ्चालनमा आएको छ ।बुटवलको लुम्बिनी पदेशिक अस्पताल र दाङको राप्ती प्रादेशिक अस्पतालमा अबदेखि ओपीडी, ईमर्जेन्सी र जनरल बेडसहित टिकट निःशुल्क पाइने भएको छ ।लुम्बिनी सरकारको मातहतमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटबल र राप्ती प्रादेशिक दाडमा आजबाट ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क उपलब्ध गराउने व्यवस्था २०७९ साउन १ गतेबाट शुरुवात भएको हो ।आईतबार बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले एक विरामीलाई निःशुल्क टिकट दिदै सेवा शुभारम्भ निःशुल्क शेवा शुभारम्भ गरेका छन् ।लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को वजेटमा लुम्विनी र राप्तीप्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा जनरल बेडमा शुल्क नलिने घोषणा गरेपछि साउन १ गतेदेखि कार्यान्वयनमा आएको हो ।प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा विकास गरिने र त्यसका लागि आवश्यक सबै सहयोग प्रदेश सरकारले उपलब्ध गराउने मुख्यमन्त्री कुलप्रसाद केसीले प्रतिवद्वता जनाएका छन् ।अस्पतालको गुणस्तर कायम राख्न र सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन अस्पतालाई निर्देशन गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव नरेन्द्र रानाले निःशुल्क सेवासंगै गुणस्तरमा ध्यान दिएर काम गर्न अस्पताल प्रशासनलाई आग्रह गरेका छन् ।अस्पतालका मेडिकल सुपरिटेण्डन डा. ईन्द्र ढकालले निःशुल्क ओपीडी, निःशुल्क ईमर्जेन्सी र निःशुल्क जनरल बेडको सेवा सुरु भएकाले विरामीले बढी लाभ लिन सक्ने भएकाले जनशक्तिको वयवस्थापनमा उचित ध्यान दिन र आवश्यक सहयोगमा कमी नगराउन सरकारसंग माग गरेका छन् ।प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ओपिडी र बेड निःशुल्क गर्न वजेटमा एक करोड ५० लाख रुपैया बिनियोजन गरेको छ । साउन १ गतेबाट प्रादेशिक अस्पतालमा निःशुल्क रगत सेवाकोसमेत शुरु भएको छ ।