आफ्ना कमजोरी ढाकछोप गर्न पत्रकारमाथि आरोप

बुटवल, साउन ४ गते बुधबार । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकमा कांगे्रस र एमालेका जनप्रतिनिधिको विवादमा पत्रकारलाई मुछिएको छ । कांगे्रस र एमालेका जनप्रतिनिधिबीच आआफ्ना स्वार्थ पुरा नभएपछि नगरसभा बैठक चार पटकसम्म स्थगीत भएको थियो । अन्तिममा न्यायिक समिति लगायत अन्य समितिमा दुबै दलबीच सहमति भएपछि नगथरसभा बैक बसेर आर्थिक वर्ष ०७९।०८० बजेटसहित विभिन्न समितिहरु न्गरसभा प्रस्तावित गरिएको थियो । गत साउन १ गते दुइ पार्टीका जनप्रतिनिधिबीच विवाद हुंदा समाचार संकलनका लागि उक्त ठाउंमा पत्रकार यमलाल भुसालगायतका अन्य पत्रकारहरु गएका थिए ।उपप्रमुख जागेश्वरीदेवी धौधरीले बुधबार विज्ञप्ती निकाले पार्टीको पत्रकार बनेर माइनुट झोलामा लुकाएको पत्रकार यमलाल भुसालको नाम किटानी गरेकी छन् ।

विज्ञप्तीको पूर्णपाठ
मितिः २०७९÷०४÷०४
विज्ञप्ती
तिलोत्तमा नगरपालिकाको नगरसभामा उत्पन्न विवादका सन्दर्भलाई लिएर तिलोत्तमा नगरपालिका, रुपन्देहीकी उपप्रमुख जगेश्वरी देवी चौधरीले जारी गरेको विज्ञप्तिप्रति हाम्रोे गम्भीर ध्यानाकर्षण भएको छ । सबै भन्दा पहिले घटना क्रमका बारेमा स्पष्ट पार्न चाहन्छौं । मिति २०७९ साल साउन १ गते आइतबारका दिन तिलोत्तमा नगरपालिकाको नगर सभाको बैठकको समाचार संकलनका लागि बैठक संचालन भइरहेको स्थान नजिकै रहेको मणिग्राम पार्टी प्यालेस गएका थियौं । नगरमा सभा सञ्चालनको विवाद चलिरहेको थियो । हामी सभा स्थलमा समेत नगई मणिग्राम पार्टी प्यालेसको एक हलमा बैठकको लाइभ मोवाइलमा हेरेर समाचार तयार पार्ने क्रममा थियौं ।
बैठक सुरु भएको केही समयमा सभा स्थगित भएपछि नगर सभामा सहभागी जनप्रतिनिधिहरु होहल्ला गर्दै हामी रहेको हल तीरै आउनु भयो । त्यसपछि जनप्रतिनिधिहरु हामी बसिरहेको हल भित्रै पसेर हो–हाल्ला गर्न थालेपछि हामीहरु हाम्रा झोला, ल्यापटप सहितका सामग्री त्यहीँ राखेर फोटो भिडियो खिच्न थाल्यौ । त्यसपछि हल भित्र थप तनाव सिर्जना भयो । हामी सकेसम्म भिडभन्दा टाढै बस्ने प्रयास गर्र्दै सोही क्रममा बाहिर निस्केर मोवाइलबाटै समाचार तयार गर्यौं ।लामो समयसम्म विवाद जारी रहेपछि हामी दुबै जनाको झोला भित्र रहेकाले लिन जाँदै थियौं ।
भिडभाड रहेकाले एकै जनाले दुबैको झोला ल्याउने भन्दै म (यमलाल) भित्र पसेको हुँ । त्यहाँ मेरो र अर्को एक झोला मात्रै थियो सोही झोला रेखा भुसालको ठानेर टेवलमा राखीएको ल्यापटप व्यागमा राखेर निस्कदै थिए ।सो झोला लुकिचोरी नभइ सबैको सामुन्नेबाट लिएर निस्कन लाग्दा नगरपालिकाका उपप्रमुख जगेश्वरी देवी चौधरीले अचानक झोला खोस्न आउनु भयो । मैले आफु पत्रकार भएको र आफुले बोकेको झोला पत्रकार रेखा भुसालको भएको बताएको थिए । तर उहाँले जबरजस्ती खोस्न थाल्नु भयो । मैले फेरी दोहोरयाएर हुलमुलमा यदी झोलामा हामी झुकिएर साटीएको भए जुन ठाँउबाट ल्याएको हो त्यही राखीदिन्छु भनेर आग्रह गर्दा पनि उहाँले मान्नु भएन । त्यती भन्दा पनि ममाथि अभद्र व्यवहार गर्दै उपप्रमुखले झोला खोसेर लग्नुभयो । त्यसरी झोला ल्याउनुमा हामी दुबै जनाको कुनै खराब नियत थिएन । तर उपप्रमुख चौधरीले नगरपालिकाको म्याईन्यूट नै (म –यमलाल भुसाल)ले झोलामा राखेर बल्ल झोला उठाएको भन्ने आरोप समेत लगाइ विज्ञप्ती जारी गर्नुृ भएको छ । उपप्रमुख तपाइले जुन आरोप लगाउनु भएको छ सो आरोप प्रमाणित गर्नुस म सदाका लागी पत्रकारिता पेशा नै छाड्न तयार हुने छु ।
होइन भने नभएको आरोप लगाउदा जनप्रतिनिधीकोे मर्यादालाई तपाईले ख्याल गर्न जरुरी छ की छैन ? सोही हुलहुज्जतमा उपप्रमुखको खोसाखोसका बिच सो झोला अर्कैै एक व्यक्तिले मेरो हो भन्दै लग्नु भयो । त्यसपछि बल्ल हामीले पत्रकार रेखा भुसालको झोला कोठामा नभएको चाल पायौं र सोधी खोजी पनि गर्यौं । तर भेटिएन । सो झोला कहाँ गयो ? कसले लग्यो ? यसको जवाफ दिनु तपाइ नगर सरकारको जिम्मेबार पदाधिकारी भएकाले तपाइको पनि जिम्मेबारी भित्र पर्छ की पदैन ? तर उल्टै तपाइले हामीलाइ पार्टीको पत्रकार भनेर आरोप लगाउँदै मिडियावाजी गर्न मिल्छ ? सो झोलामा मैले टेवलमा राखेको ल्यापटप राखेर ल्याएको हुँ । तर उपप्रमुख चौधरी जि तपाइले नगरको कागजात राखेको भन्ने आरोप लगाउनु कत्तिको जायज हो ? नगरसभाको रिपोर्टिङ गर्न गएको पत्रकारले अनाधिकृत रुपमा माइन्युट बोकेर हिड्ने कुरा कल्पना पनि गर्न सकिदैन ।
राजनीतिक विवादलाई अन्यत्र मोड्ने र आफ्ना कमजोरी ढाकछोप गर्ने नियतले पत्रकारलाई यस्ता विवादमा मुछ्ने काम गर्नु कुनै पनि दृष्टिले उपयुक्त हुँदै होइन । साथै सोही बिषयमा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ रुपन्देहीले हामी माथि भएको दुव्र्यवहारका सम्बन्धमा गरेको ध्यानाकर्षणको बिषयलाइ लिएर पनि उपप्रमुखले आपत्ती जनाउनु कत्तिको जायज हो ? पत्रकारहरु समस्यामा पर्दा पत्रकारहरुकै संस्थाले नबोलेर को बोलिदिने त ?

रेखा भुसाल यमलाल भुसाल
पत्रकार पत्रकार

उपप्रमुखले लगाएको आरोप मिथ्या र कपोकल्पित हो भन्दै आरोपीत पत्रकार यमलाल भुसाल र रेखा भुसालले बुधबार विज्ञप्ती निकालेर उपप्रमुख जागेश्वरी धौधरीको विज्ञप्तीको खण्डन गर्दै आफुहरुमाथि आरोप लगाईएको बताएका छन् । तिलोत्तमा नगरपालिकाको नगरसभामा उत्पन्न विवादका सन्दर्भलाई लिएर तिलोत्तमा नगरपालिका, उपप्र्रमुख जगेश्वरीदेवी चौधरीले जारी गरेको विज्ञप्तिप्रति हाम्रोे गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ती उल्लेख गरिएको छ ।उपप्रमुख तपाइले जुन आरोप लगाउनु भएको छ सो आरोप प्रमाणित गर्नुस म सदाका लागी पत्रकारिता पेशा नै छाड्न तयार छु भन्दै यमलाल भुसाल र रेखा भुसालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।राजनीतिक विवादलाई अन्यत्र मोड्ने र आफ्ना कमजोरी ढाकछोप गर्ने नियतले पत्रकारलाई विवादमा मुछ्ने काम गर्नु कुनैपनि दृष्टिले उपयुक्त नहुने विज्ञप्तीमा भनिएको छ ।

-उपप्रमुख जागेश्वरीदेवीको विज्ञप्ती    

 

 

———- —-