उद्योग संघद्वारा रुपन्देहीका प्रजिअलाई स्वागत र सम्मान

नीजि क्षेत्रसंग सहकार्य र सहयोगको बातावरण बनाउन आग्रह

 

 

 

बुटवल/रुपन्देही उद्योग संघले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई एक कार्यक्रमका वीच स्वागत तथा सम्मान गरेको छ । संघको सभाकक्षमा आयोजित कार्यक्रममा संघका अध्यक्ष माधव प्रसाद पौडेलले प्रजिअ पाण्डेलाई खादा लगाएर सम्मान गर्नू भएको थियो ।
सो अवसरमा स्वागत तथा संघको धारणा राख्दै अध्यक्ष पौडेलले औद्योगिक विकासका लागि प्रशासनिक तहको पनि महत्वपूर्ण भूमिका हुने हुदा त्यसका लागि नीजि क्षेत्रसंग सहकार्य र सहयोगको बातावरण बनाउन आग्रह गर्नु भयो ।
अध्यक्ष पौडेलले रुपन्देही जिल्ला नेपाल कै औद्योगिक तथा आर्थिक केन्द्र बन्दै गएको बर्तमान अवस्थामा आर्थिक विकासमा आउने समस्याहरु समाधान गर्न सरकारले चाल्नु पर्ने कमदलाई प्रमुख जिल्ला अधिकारीले सहजीकरणको भूमिका निर्वाहाको अपेक्षा राख्नु भएको थियो । उहाले सिमा क्षेत्रबाट हुने अवैद्य कारोवारले नेपाली उद्योगीहरु समस्यामा पर्ने गरेको अवस्थाप्रति प्रशासनको ध्यान जानु पर्ने स्मरण गराउदै यस क्षेत्रमा रहेको औद्योगिक क्षेत्रको अभाव पूर्ति गर्न अगाडी सारिएका औद्योगिक क्षेत्र निमार्णको कामलाई छिटो अगाडी बढाउने विषयमा सम्बन्धित निकायहरुलाई दवाव दिन अनुरोध गर्नू भयो ।


सो अवसरमा अध्यक्ष पौडेलले संघले आगामी पुष महिनामा आयोजना गर्न लागेको राष्ट्रिय औद्योगिक प्रर्दशनीलाई सहज रुपमा सम्पन्न गर्न शान्ति सुरक्षाको व्यवस्था र अन्य आवश्यक सहयोगका लागी प्रमुख जिल्ला अधिकारीसंग अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रशासन र उद्योगको सम्बन्ध निकै गहिरो रहेको र राज्यलाई स्थायित्व दिने भूमिका उद्योगी व्यवसायीहरुको काधमा पनि रहने हुदा सहकार्य र सहयोगीको भूमिका निर्वाहा गर्ने कुरामा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
प्रजिअ पाण्डेले कोभिड लगायतका अन्य असहज अवस्थामा पनि उद्योगी व्यवसायीहरुले उद्योग व्यवसाय बन्द नगरेर अप्ठ्यारो अवस्थामा पनि राज्यलाई सहयोग गरेको स्मरण गर्दै उद्योगका समस्यामा राज्य प्रशासन गम्भिर रहने जनाउनु भयो । यहाले स्वदेशी उद्योगहरु बन्द हुदा त्यसले राज्य र समाजलाई धेरै ठाउमा असर गर्ने हुदा त्यसको संरक्षणमा व्यवहारिक तथा नीतिगत रुपमा गर्नु पर्ने सुधारमा आफुले निस्वार्थ भएर सहयोग गर्ने धारणा राख्नु भएको थियो ।
प्रजिअ पाण्डेले संघले आयोजना गर्ने राष्ट्रिय औद्योगिक प्रर्दशनी यस क्षेत्रका सबै उपभोक्ताहरुको कार्यक्रम भएको हुदा त्यसलाई शान्तिपूर्ण सम्पन्न पार्न प्रशासन र व्यक्तिगत रुपमा निस्वार्थ रुपमा सहयोग गर्ने जनाउनु भएको थियो ।
संघका अध्यक्ष माधव प्रसाद पौडेलको अध्यक्षता, महासचिव हरि बहादुर खत्रीको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाको धन्यवादज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संघका अध्यक्षीय परिषदका अध्यक्ष एजाज आलम, सल्लाहाकार समितिका संयोजक दिनेशराज रेग्मी, संघका निर्वमान अध्यक्ष बाबुराम बोहोरा, कानुनी सल्लाहाकार यमलाल खनाल, सल्लाहाकार ऋषि बहादुर भण्डारी, संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, प्रमुख कार्यकारी प्रमुख लगायतको उपश्थिति रहेको थियो ।