राजमोका नेता सागर केसी पत्नी शोकमा

बुटवल,साउन १० गते।राष्ट्रिय जनमोर्चाका  नेता सागर केसीलाई पत्नी शोक परेको छ। राजमो नेता केसीकी पत्नी तुल्सादेवी खड्काको ६४ वर्षको उमेरमा साउन ९ गते उपचारका क्रममा काठमाडौंमा निधन भएको हो। ६४ वर्षिय स्व. तुल्सादेवी खड्का फोक्सो पीडित थिइन् ।  स्वर्गीय खड्कालाई राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मीराज नेपालीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन्। श्रदाञ्जली कार्यक्रमको आयोजना गरी राष्ट्रिय जनमोर्चाकी सक्रिय सदस्य तथा महिला नेतृ स्व. तुल्सादेवी खड्कालाई राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मीराज नेपालीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन्।उक्त श्रदाञ्जली सभामा बोल्दै कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले तुल्सादेवी खड्काको निधनले पार्टी र सिङो कम्युनिष्ट आन्दालनलाई क्षती पुगेको बताए। पार्टीका हरेक काममा साथ सहयोग दिएर कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउन जस्तो सुकै कठिनाई भोगर पनि सहयोग पुराउनुभएकी तुल्सादेवी खड्काको योगदानलाई पार्टीले सदासर्वदा उच्च मुल्याकंन गर्ने बताए। स्वर्गीय खड्कालाई श्रद्धाञ्जली व्यक्त गर्ने राष्ट्रिय जनमोर्चाका कन्द्रिय सदस्य तथा भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा, राजमो केन्द्रिय सदस्य यमलाल पाखरेल,राजमो अर्घाखांची जिल्ला सचिव तथा भुमिकास्थान ४ का वडाध्यक्ष बाबुराम पन्थी, राजमो भुमिकास्थान नगर कमिटी अध्यक्ष टेकबहादुर थापा,भुमिकास्थान ३ का वडाध्यक्ष कृष्णप्रसाद बन्जाडे, अखिल नेपाल युवक संघका कन्द्रिय सचिव कुलराज खनाल, प्रगतिशील पत्रकार संघ रुपन्देही सचिव टेकराज भुसाल लगायतले श्रदाञ्जली अर्पण गरेका छन्।स्वर्गीय खड्कालाई साउन १४ गते शनिबार सन्धिखर्कको गच्छेमा अन्तिम दाहासंस्कार गरिने कार्यक्रम रहेको छ।