प्यूठानमा जीप दुर्घटनामा परी रुपन्देहीकी एक महिलाको मृत्यु नौ जनाको अवस्था गम्भीर

बुटवल, साउन १४ गते। प्युठानमा भएको सवारी दुर्घटनामा परी एक जना महिलाको मृत्यु भएको, छ भने १४ जना घाइते भएका छन् । शनिबार दिउसो स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा जीप दुर्घटना हुंदा एकजना महिलाको मृत्यु भएको हो । स्वर्गद्वारीबाट भिङरीतर्फ झदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना हुंदा रुपन्देही मायादेवी गाउंपालिका ३ की ३२ वर्षीय गुडिया (मायांदेवी)ठाकुरको        मृत्यु भएको हो । महिलाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भिङरीले बताएको छ । प्रहरीका अनुसार दुर्घटना परी घाइते भएका १४ जनामध्ये ९ जनाको अबस्था गम्भीर छ । प्रहरीका अनुसार घाईतेलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ। स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटनामा भएको हो । भिङरी प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायांदेवी गाउंपालिकाबाट आफनतजन मिलेर जीप रिजर्व गरी स्वर्गद्वारी मन्दिर दर्शन गर्न १७ जना गएका थिए ।ब्रेक नलागेर जीप दुर्घटनामा भएको हुन सक्ने अनुमान गरिएको स्थानीय पत्रकार झविन्द्र भण्डारीले बताएका छन् ।