पत्रकारितासंगै पर्यटन व्यवसायमा लागेका पत्रकार सुवेदी कृषिमा

बुटवल, साउन २२ गते। लामो समय पत्रकारितामा लागेका पाल्पाका जीवलाल सुवेदी पछिल्लो समय कृषिमा लागेका छन् ।पत्रकारितासंगै पर्यटन व्यवसाय राजेको पत्रकार सुवेदीले सुवेदीले अहिले कृषि पेशा शुरु गरेका छन् ।
गुल्मीको दिगाममा जन्मेका सुवेदीले पाल्पालाई कर्मथलो बनाइ पत्रकारिता गर्दै आएका थिए । पत्रकारिातसंगै उनले पाल्पामै पर्यटन व्यवसायमा लागेका थिए । पछिल्लो समय अथया सुवेदी करिव एक वर्षदेखि कृषिमा लागेका छन् ।
कृषिमा सम्भावना देखेको बताउने सुवेदीले पाल्पाको तानसेन गरपालिका बारुदखानस्थित बाउन टोलमा १५ रोपनी र तिनाउ गाउंपालिकाको मस्याङमा २६ रोपनी जग्गामा कृषि उत्पादन शुरु गरेका छन् ।तानसेनको बारुदखानस्थित बाउन टोलको १५ रोपनी जग्गामा अहिले खुर्शानी, केरा, मेवा, कुरीलो र बेलाउतीका १५ सय बिरावाहरु लगाईएको छ । त्यस्तै तिनाउ गाउंपालिकाको मस्याङको २६ रोपनी जग्गामा अहिले टिमुरका एक हजार बिरुवा लगाईएको छ ।
अहिलेसम्म करिव नौ लाख लगानी भएको र लगानी बढाएर १५ लाख पुराउने सुवेदीको योजना छ । डल्ले खुर्शानी, केरा, मेवा, कुरीलो, बेलाउती र टिमुरको बजार माग रहेकाले माग अनुसार कृषिमा लागेको बताउछन् पत्रकार जीवलाल सुवेदी ।
पत्रकारितासंगै पाल्पामा मोनिका होटल तथा गेष्ट हाउस सञ्चालन गरेका सुवेदी नारी पाक्षिक राष्ट्रिय पत्रिकाका प्रधान सम्पादक हुन् ।पत्रकार महासंघ पाल्पाका साधारण सदस्यसमेत रहेका सुवेदीले कृषिका लागि अनुदान र सहुलियत ऋण पाइने भएपनि सरकारी र गैरसरकारी सेवा सुविधा केही नल्याएको बताउ छन् ।
ऋणधन गरेर कृषि पेशा शुरु गरेका सुवेदीको आफ्नै जग्गामा भएकाले ठूलो खर्च नलागेको र बिरुवाहरु रोप्न र सम्माउनमा नौ लाख खर्च भएको बताउ छन् । पर्यटन व्यसायको आम्दानी तथा कमाइबाट कृषिमा लगानी गर्दै गरेका सुवेदीले पाल्पा तानसेन नगरपालिका बारुदखान बाहुन टोलमा नयां रिर्सोटसमेत सञ्चालन गर्ने तयारीमा छन् । उनले हवाईट हाउस ग्रीन फिल्ड रिर्सोट सञ्चालनका लागि निर्माणको काम सञ्चालन गरिसकेका छन् ।
कृषिमा नयां अनुभव भएका जीवलाल सुवेदी पत्रकारिता र पर्यटन व्यवसायमा भने अनुभवी हुन् । उनलाई अहिले नयां रिर्सोट सञ्चालनका लागि श्रीमती सरस्वती सुवेदी, छोरीहरु सीमाना, रुविना, सेवीना र मिरा सुवेदीले सहयोग गरेका छन् ।
घर परिवारकै सहयोगमा पत्रकारितासंगै होटल सञ्चालन गरेको र होटलसंगै कृषिमा लाग्न पनि घरपरिवारको ठूलो साथ सहयोग रहेको बताउछन् जीवलाल सुवेदी ।अब केही महिना भित्रै सञ्चालन गर्ने योजना रहेको नयां रिर्सोट हवाईट हाउस ग्रीन फिल्ड सञ्चालनमा पनि घर परिवारकै सहयोग रहेको सुवेदीको भनाइ छ ।