चुनावको कुनै विकल्प छैन : रायमाझी

माघ २, बुटवल । उर्जा जलस्रोत तथ सिचाई मन्त्री टोपवहादुर रायमाझीले चुनावको कुनै विकल्प नरहेको दावी गरेका छन् । उनले सरकारले अस्थिरताको विकाल्पका रुपमा चुनाव रोजेको भन्दै अव सवै राजनीतिक शक्तीहरु चुनावमा होमिनु पर्नेमा जोड दिए । रिपोटर्स क्लव लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुक्रवार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री रायमाझीले अव सडक होइन चुनावमा जान आन्दोलनरत पक्षलाई आग्रह समेत गरे ।

उनले पार्टी भित्रैबाट सरकारलाई सडकमा फालेर देशलाई अराजकता तर्फ लैजाने चलखेलबाट बचाउन सरकारले प्रतिनिधि सभा भंग गरेको स्पष्ट पारे । ‘आफ्नै पार्टीको नेतृत्वको सरकारलाई सडकमा लैजाने र तमसा देखाउने खालको सुरु भयो । जसले अराजकता फैलाउने र संघीय गणतन्त्र नै ध्वस्त हुने अवस्था आउने देखियो । त्यसकारण संसद विघटन गर्ने काम भयो । यो बाध्यत्मक अवस्था पनि हो ।’–उनले भने ।

मिलिनियम च्यालेन्ज करपोरेशन (एमसिसी) का बारेमा बोल्दै उर्जामन्त्री रायमाझीले एमसिसीको निर्णय तुरुन्त गर्नु पर्ने पक्षमा आफू रहेको बताए । ‘यो एमसिसी कि खारेज गरौँ या लागू गरौँ । अलमलको अवस्थामा अव बस्नु हुँदैन् ।’–उनले भने । एमसिसीका बारेमा आफूले घनिभूत रुपमा छलफल गरी निर्णयमा पुग्ने समेत बताए । मिडियालाई समेत आलोचना गर्न भ्यायका मन्त्री रायमाझीले आफू एमसिसी तुरुन्तै पारित गर्नुपर्छ भन्ने पक्षमा नरहेको स्पष्ट पारे ।

उर्जामन्त्री रायमाझीले लोडसेडिङ्ग अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दावी उनको थियो । ‘उर्जा संकट निवारण काल भनेर ९९ बुदे योजना मैले तयार गरेको हुँ । त्यस कमिटिमा कुलमान घिसिडलाई पनि राखेको थिए । तर अन्तिम समयमा सरकार ढल्यो । त्यसको जस अर्कैले लियो’,– उनले भने ।

नेपालमा हाल उर्जा उत्पादन माग भन्दा बढी नै हुन थालेको उनले बताए । ‘हामीसँग उर्जा बढी हुँदै गएको छ । उपयोग गर्ने स्थिति पनि छैन् । एक बर्षमा ५ सय मेगावटा थप हुने छ । निर्यात गर्ने अवस्था छैन् । अर्को चुनैतिका रुपमा यो अवस्था आउँदैछ ।’

क्लवका प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, पत्रकार कपिल ज्ञवालीको संचालनमा कार्यक्रम भएको थियो ।