रुपन्देहीको तिलोत्तममा एनजी मार्केट सञ्चालन

बुटवल,साउन२५गते। रुपन्देहीको तिलोत्तमा वडा नम्बर ५ मा एनजी मार्केट सञ्चालन गरिएको छ ।एउटै छानामुनिबाट सबै प्रकार समानहरु उवलब्ध गराउने गरी एनजी मार्के शुरु गरिएको हो ।
घरायसी लगायतका सबै समानहरु विक्री वितरण गर्ने गरी सुपर मार्केटको रुपमा एनजी मार्केट सञ्चालन गरिएको बुधबार पत्रकमर सम्मेलन गरी जानकारी गराइएको छ ।
एनजी मार्केटका सञ्चालक आवास बञ्जाडेले उक्त मार्केट पूर्णरुपले सञ्चालनका लागि १ अर्ब बढी लगानी लाग्ने जानकारी गराएका छन् ।
गत बैशाख १ गतेदेखि सञ्चालनमा आएको उक्त एनजी मार्केटको अझै केही भौतिक संरचना बन्दै गरेकाले १ अर्बमा बढी लगानी लाग्ने सञ्चालक बञ्जाडेले बताए । उक्त मार्केट भित्र खाद्यान्न, फर्निचर, कपडा, जुत्ता, चप्पल,गार्मेण्ट, शैलुन, बुटिक, रेष्टुरेण्ट क्याफे लगायत सबै प्रकारका पसलहरु रहने छन् ।
साथै सबै संस्कार र धर्मसंग जोडिएका बस्त्र तथा कपडाहरु पनि उपलब्ध गराइृने छ।सञ्चालक बञ्जाडेका अनुसार उपभोक्तालाई गुणस्तरीय र सस्तामा समान उपलब्ध गराउनका लागि कसरी सस्तोमा समान उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा अध्ययन भैरहेको छ ।
सुनौली जाने नेपालीलाई रोक्ने गरी एनजी मार्केट सञ्चालन गरिने र सुनौलीमा दिने दररेटमा सबै प्रकार समानहरु उपलब्ध गराउने अर्का सञ्चालक नारायण बञ्जाडेले बताए।
नेपाली उपभोक्तालाई सुनौली जानबाट रोके मात्रै दैनिक लाखौ रुपैयां नेपाली पैसा नेपालमै रोकिने र भएकाले सुनौली जानबाट रोक्ने गरी मार्केट सञ्चालन गर्ने नारायण बञ्जाडेले प्रतिवद्वता जनाएका छन् ।
एनजी मार्केट सञ्चालनका लागि ढाई विघा जमिन प्रयोग गरिएको छ ।