बुटवलमा डेंगुविरुद्व खोज र नष्ट गर अभियान शुरु

बुटवल,साउन २५ गते।डेंगुको संक्रमण बढेपछि बुटबलमा लामखुट्टेको लार्भा खोज र नष्ट नष्ट गर अभियान सुरु भएको छ ।बुटवलका अस्पतालहरुका डेंगुका विरामीहरु बढेपछि चौतर्फ दवाव भएपछि बुटवल उपमहानगरपालिकाले डेंगुका विरुद्र्व खोज र नष्ट नष्ट गर अभियान सुरु गरेको हो ।
बुटवल वडा नम्बर ४ र ६ बाट लामखुट्टेको लार्भा खोज र नष्ट नष्ट गर अभियान सुरु गरिएको बुटबल नगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताएका छन् ।खोज र नष्ट गर अभियानलाई सार्थकता दिन साथ सहयोग दिन बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले उपमहानगरवासीलाई नगरवासीलाई आग्रह गरेका छन् ।
खोज र नष्ट गर अभियानलाई प्रभाकारी बनाउने उद्वेश्उयले बुधबार बुटवल उपमहानगरपालिकामा छलफल गरिएको छ ।उक्त छलफल कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले दैनिक जसो डेंगुका विरामी बढ्दै गएकाले सचेतनामूलक कार्यक्रमसंगै लार्भाको नष्ट गर्ने अभियान सुरु गरिएको बताए ।
उपमहानगरपालिकाको एकल प्रयासले मात्र डेंगुको नियन्त्रण सम्भव नभएकाले सवैको सहयोग आवश्यक पर्ने बताए ।उपप्रमुख सावित्रादेवी अर्यालले वर्षेनी डेंगुको नियन्त्रणका लागि नगरवासी सचेत नहुंदासम्म डेंगु नियन्त्रण हुन नसक्ने बताइन ।स्वास्थ्य कार्यालयका प्रमुख केदारनाथ शाहाका अनुसार चालु आर्थिक बर्षमा रुपन्देहीमा २ सय भन्दा बढि डेंगुका विरामी फेला परेका जानकारी गराउंदै सचेत रहन आग्रह गरेका छन् ।उनले पानी जम्मा हुने फुलका गमला, टायर, कुलरहरु बारम्बार सफा गरेमा मात्र लामखुट्टेले लार्भा पार्न नसक्ने भएकाले सबैले आफ्नो घरमा पानी जम्मा हुने स्थानलाई सफा गर्न आग्रह गरेका छन् ।
डेंगु संक्रमण भएमा आंखाको गेडीहरु दुख्ने, शरीरमा डाबरहरु आउने, खाना नरुच्ने, जोर्नी तथा मांसपेसीहरु दुख्ने, पेट गडबडी हुने भएकाले डेगुका बिरामीलाई सचेत बन्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।
डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्ने र रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने गर्दछ ।