रुपन्देही पूर्णखोप मुक्त जिल्ला घोषणा

श्यामलाल पोखरेल
बुटवल,साउन २७ गते। रुपन्देहीलाई पूर्णखोप मुक्त जिल्ला घोष्णा गरिएको छ । १२ वर्ष उमेर माथिका सबै नागरिकलाई कोभिड १९ विरुद्व र १५ महिना सम्मका सबै वालबालिकालाई नियमति खोप लगाएपछि रुपन्देहीलाई पूर्णखोप मुक्त जिल्ला घोषणा गरिएको हो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार वडाबाट शुरु गरेर रुपन्देहीका १६ वटै पालिकालाई पूर्णखोप मुक्त पालिका घोषणा गरेपछि जिल्लालाई पूर्णखोप मुक्त जिल्ला घोषणा गरिएको हो ।

रुपन्देहीमा १२ वर्ष माथिका १ सय ३ प्रतिशत नागरिकलाई कोभिड १९ विरुद्वको खोप लगाईएको छ, भने १५ महिना सम्मका बालवालिकालाई १ सय ६ प्रतिशत नियमित खोप लगाईएको स्वास्थ्य कार्यालय रुपनदेहीका प्रमुख गौरव ढकालको दावी छ ।
रुपन्देहीमा १२ वर्ष माथिका ८ लाख ५३ हजार ७८ जनालाई कोभिड १९ विरुद्वको खोप लगाईएको छ । त्यस्तै १५ महिना पुगेका १९ हजार ६ सय १७ जना बालवालिकालाई नियमित खोप लगाएर दीगोपना सुनिश्चित गरिएको छ ।
स्वास्थ्य क्षेत्रका सबै मापदण्ड तथा सूचकहरु पुरा गरी रुपन्देहीलाई पूर्णखोप मुक्त जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माको भनाइ छ ।
खोप अधिकृत शर्माका अनुसार रुपन्देहीमा लक्ष्य भन्दा बढी नागरिकलाई कोभिड १९ विरुद्व र बालवालिकाहरुलाई नियमित खोप लगाईएको छ ।६२ हजार नागरिकलाई घरघरमा गएर खोजीखोजी खोप लगाएर रुपन्देहीलाई पूर्णखोप मुक्त जिल्ला घोषणा गर्न सफलता मिलेको हो ।
रुपन्देहीमा कोभिड १९ विरुद्वको पहिलो र दोस्रो डोजको खोप लक्ष्य भन्दा बढी नागरिकलाई लगाईएको छ । तेस्रो डोज खोप लगाउने अभियान चलिरहेको खोप अधिकृत भेषराज शर्माको भनाइ छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीको अगुवाईमा २०७९ साल साउन २७ गते भैरहवामा विशेष कार्यक्रमको आयोजना गरी रुपन्देहीलाई पूर्णखोप मुक्त जिल्ला घोषणा गरिएको हो ।गृहमन्त्री बालकृष्ण खांण प्रमुख अथिति रहेको कार्यक्रमबाट रुपन्देहीलाई पूर्णखोप मुक्त जिल्ला घोषणा गरिएको हो ।