दाङको भालुबाङमा अखिल नेपाल शिक्षक संघको प्रदेश भेला, अध्यक्षमा – भण्डारी

भानु जीएम
दाङ, साउन २८ गते। अखिल नेपाल शिक्षक संघको लुम्बिनी प्रदेश भेला दाङको भालुबाङमा सम्पन्न भएको छ । संघका लुम्बिनी प्रदेश अध्यक्ष बालाराम पोखरेलको अध्यक्षता एवं महासचिव चक्रपाणी पौडेलको प्रमुख आतिथ्यतामा शनिबार भेला सम्पन्न भएको हो ।
भेलाबाट लालबहादुर भण्डारी अध्यक्ष रहेको अखिल नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश समिति गठन गरिएको छ ।
उक्त भेला तथा कार्यक्रममा बोल्दै प्रमुख अतिथि चक्रपाणी पौडेलले युगको माग अनुसारको शिक्षा आजको आवश्यक्ता भएको बताए ।
राज्यले शिक्षकहरुका माग सम्बोधन गर्नुपर्ने बताउंदै शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन जरुरी रहेकोमा जोड दिए ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार सुरेश थापाले शिक्षामा आमुल परिवर्तन आवश्यक रहेको बताउंदै अहिलेको शिक्षा प्रणालीलाई समयको माग अनुसार परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

     
कायृक्रममा राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य,नेपाल शिक्षक महासंघका केन्द्रीय उप महासचिव तारा वेल्वासे,अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य ,अखिल नेपाल शिक्षक संघकी केन्द्रीय सदस्य विन्दु विष्ट र निवृत्त शिक्षक कपिलदेव खनालले आआफ्ना भनाइ राखेका थिए ।
उपाध्यक्ष ईश्वरी आचार्यको स्वागत र सचिव रुमलाल बसेलले सञ्चालन गरेका थिए ।
नयां कार्यसमिति
अखिल नेपाल शिक्षक संघको प्रदेश भेलाले दाङका लालबहादुर भण्डारीलाई अध्यक्षमा चयन गरेको छ । यसैगरी समितिको उपाध्यक्षमा कृष्ण बञ्जाडे (अर्घाखाँची),महिला उपाध्यक्षमा देवा विष्ट(प्यूठान), सचिवमा कल्याण खड्का(प्यूठान),कोषाध्यक्षमा रुमालालप्रसाद बसेल(दाङ) र सह सचिवमा कमलराज भट्टराई (रोल्पा) रहेका छन् ।
समितिको सदस्यहरुमा ओमकला खनाल(दाङ),बुद्धि बञ्जाडे(बाँके),कमला गिरी(कपिलवस्तु ),विनोद बोहरा (रुपन्देही),विष्णुमाया भुसाल(अर्घाखाँची),प्रेम अर्याल(गुल्मी),शिव शाही(रुकुम पूर्व),निरु थापा(पाल्पा) र डिल्लीराज ज्ञवाली(नवलपरासी पश्चिम) रहेका छन् ।
यसैगरी भेलाले ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकारहरुमा डिलाराम पौडेल(दाङ),मधु पण्डित (दाङ),मीना गौतम(बर्दिया),खेमराज पोखरेल(प्यूठान) र ईश्वरी आचार्य (कपिलवस्तु) रहेका छन् ।