नेपाल समाजवादी पार्टीको लुम्बिनी उपाध्यक्षमा नागिला

बुटवल, साउन ३१ गते। बुटवलका नारायण नागिला नेपाल समाजवादी पार्टी लुम्बिनी प्रदेशको उपाध्यक्षमा चयन भएका छन् ।सो पार्टीको बुटवलमा सम्पन्न भेलाले नागिलालाई उपाध्यक्षमा चयन गरेको हो । यस अघि उनी सोही पार्टीकै लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख थिए ।
नारायण नागिला २०५५ सालदेखि तत्कालिन नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आवद्व भएर काम गरेका थिए । उनी २०५४ सालदेखि २०७२ सालसम्म अखिल क्रान्तिकारीका नेता थिए ।
नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्वलाई बुटवलमा बसेर सहयोग पुराएका थिए । माओवादीबाट डाक्टर बाबुराम भट्टराई अलग भएसंगै युवा नेता नारायण नागिला माओवादीसंग असन्तुष्ट बनेका थिए ।
नेकपा माओवादीलाई छोडेर बाबुरामलाई साथ दिएका नागिला बाबुराम भट्टराईले गठन गरेको नयां शक्ति पार्टीको बुटवल इन्चार्ज भएर काम गरेका थिए ।
बाबुरामलाई साथ दिंदै आएका नागिलाले पछिल्लो पटक डाक्टर बाबुराम भट्टराई नेतृत्वमा रहेको पार्टी विभाजन हुंदा पनि उनले बाबुरामला नै साथ दिएका छन् ।
आउने मंसिर ४ गते हुने संघीय र प्रदेशको चुनाबमा प्रदेश या त संघीय सांसदमा उठ्ने युवा नेता नागिलाको तयारी छ ।
लामो समय बाबुरामलाई साथ दिंदै आएका नागिलालाई बाबुराम भट्टराईले नै प्रदेश वा संघीय सांसदका लागि सिफारिस गर्ने प्रवल सम्भावना रहेको उनी निकट एक नेताले बताएका छन् ।
तनहु जिल्लामा जन्मेका उनी २०५४ सालदेखि बुटवलमा बस्दै आएका छन् ।