बुटवलमा चौतारी बजार सञ्चालन

श्याम पोखरेल
बुटवल, भदौ २ गते। रुपन्देहीको बुटवलमा चौतारी बजार सञ्चालन गरिएको छ । चौतारी विजनेश ग्रुप प्रालिले बुवल ९ इटाभट्टीमा चौतारी बजार सञ्चालन गरेको छ ।
  २०७७ साल साउन १० गते स्थापना भएको चौतारी विजनेश ग्रुप प्रालिले झण्डै एक वर्ष अघिदेखि बुटवलमा चौतारी बजार सञ्चालनमा ल्याएको हो ।
चौतारी विजनेश ग्रुप प्रालिले चौतारी मार्ट र चौतारी प्याकेजिङ उद्योग सञ्चालन गरिसकेको छ, भने अब तत्काल चौतारी कृषि सहकारी सञ्चालनका लागि तयारी भैरहेको चौतारी विजनेश ग्रुप प्रालिका अध्यक्ष गंगाधर न्यौपानेले बताए ।
नेपाली उपभोक्तालाई सस्तो र सुफथ मुल्यमा दैनिक उपभोग्य वस्तु खाद्यान्न र फलफुल एउटै छानमुनीबाट उपलब्ध गराउने उद्देश्यले चौतारी विजनेश ग्रुप प्रालि स्थापना गरिएको हो ।
त्यही चौतारी गु्रप प्रालिले झण्डै एक वर्ष अघिदेखि बुटवलमा चौतारी बजार सञ्चालन गरेको हो, भने चौतारी मार्ट र चौतारी प्याकेजिङ उद्योग पनि सञ्चालनमा ल्याएको हो । व्यवसायीक हिसावले स्थापना गरिएको चौतारी बिजनेश ग्रुप सफल हुदै गएपछि अहिले चौतारी कृषि सहकारी सञ्चालन गर्ने तयारीसमेत भएको छ ।
१ करोड ३७ लाखबाट शुरु भएको चैतारी बिजनेश गु्रप प्रालिले विभिन्न व्यवसायीक प्रतिष्ठानहरु सञ्चालन गरेपछि अहिले ४ करोड बढी लगानी भैसकेको र अझै लगानी बढ्ने अध्यक्ष गंगाधर न्यौपानेले बताए।
ग्ुणस्तरीय उपभोग्य वस्तुहरु एउटै छानामुनीबाट थोक तथा खुद्रा सस्तो मुल्यमा उपलब्ध गराउने गरी सञ्चालन गरिएको चौतारी बजार र चौतारी प्याकेजिङ उद्योगको यही २०७९ भदौ ३ गते शुभारम्भ गरिने छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उक्त प्रतिष्ठानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
चौतारी मार्टको दोस्रो वार्षिकोत्सवका अवसरमा गत साउन १० गते शुभारम्भ गरिएको थियो ।
चौतारी ब्राण्डलाई स्थापित गराउने गरी तराईको सीमानादेखि हिमालसम्म पूर्वको मेची बजारदेखि पश्चिमको महाकालीको बजारसम्म आफ्ना उत्पादन पुराउने लक्ष्य छ, चौतारी बिजेन गु्रपको ।
चौतारी विजनेश ग्रुप प्रालिका अध्यक्ष गंगाधर न्यौपानेका अनुसार बुटवल पूर्वको बजार समेटिने गरी आवश्यक्ता अनुसार एक वा दुई शाखा सञ्चालन गर्ने लक्ष्य उद्देश्य रहेको छ ।
त्यस्तै सुनवल, भुमही, बासा, भुतहा, बर्दघाट, गोपीगञ्जलाई लक्षित गरी सञ्चालनमा ल्याउने, पश्चिममा रामपुर, सालझण्डीको भित्री भाग र पिपरालाई लक्षित गरी शाखा सञ्चालनमा ल्याउने, सपिडसेण्टर बजारहरु सञ्चालनका लागि सम्भाव्य स्थानको खोजी गर्ने, बुटवलबाट पूर्व, पश्चिम, दक्षिण सबैलाई पायक पर्ने गरी १५ किलो मिटरमा कम्पनीको लागि कम्पनीको नाउमा जग्गाा खरिद गरी भवन निर्माण गरी उद्योगहरु सञ्चालन गर्ने लक्ष्य, उद्देश्य रहेको छ ।अनलाई व्यवसाय पनि समयको माग अनुसार सञ्चालन गर्ने र आवश्क प्याकेजिङ उद्योग सञ्चालन गरी आफ्नो ब्राण्ड उत्पादन गरी बजारको माग पुरा गर्ने चौतारी बिजनेश ग्रुप प्रालिको लक्ष्य, उद्देश्य छ ।