एमाले कविलवस्तुमा विवाद, नेता तथा कार्यकर्ता कारवाहीमा

कपिलवस्तु, भदौ ४ गते । नेकपा एमाले कपिलवस्तुको भदौ ३ गते छानविन समितिले पेश गरेको प्रतिवेदनमा एकरुपता नआएपछि विवाद भएको छ । ६ घन्टा लामो भएको बादबिबाद भएपछि स्थगीत भएको सचिबालय बैठकमा छानबिन समितिले पेश गरेको प्रतिबेदनमा एक रुपता न आएपछि अधिकांस सदस्यले बैठक छोडेर हिडेका थिए । सचिवालय सदस्यहरुको सहमतिमा कारवाही पक्रिया अगाढि बढाउने काम पदाधिकारीले गर्ने सहमति भएपछि बैठक टुङ्याइएको एमालेका जिल्ला स्तरका एक नेताले बताए । ४ गते बिहानै पदाधिकारीलाई कुनै गोप्य ठाउँमा बोलाएर कपिलवस्तु जिल्लाका ६६ जना नेता कार्यकर्तालाई कारबाही गरिएकोसमेत एमालेका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
कतिपय कार्यकर्तालाई स्थानीय कमिटीहरुबाट सिफारिस गरेकाहरुलाई गरिएको छ भने कतिपयलाई बिभिन्न आशंकाको भरमा कारवाही गरिउको ति नेताको दावी छ ।
स्रोतका अनुसार सचिबालय सदस्यहरुलाई जिल्ला कमिटीबाट निलम्बन गरिएको छ भने कतिपय नेताहरुलाई जिम्मेवारीबाट बिमुख पारिएको छ । आरोप लाउनेहरुको सरसल्लाह षडयन्त्रमा छानबिन समितिले काम गरेको र एकक्षीय प्रतिबेदन आधारमा कारवाही गरिउको भन्दै एमाले कपिलवस्तुका धेरै नेता कार्यकर्ताले अशंतुष्टी जनाउका छन् ।
छानबिन समितिले जिल्ला उपाध्यक्ष बिश्राम प्रसाद थारुलाई कारबाहीको लिस्टमा बिभिन्न आरोप लगाएको थियो । जिल्लामा अध्यक्ष डम्मर शर्मा र पूर्व अध्यक्ष तथा छानबिन समितिका सदस्य झबिलाल पोखरेलको मिलेमतोमा आफुसंग असहमत हुने कार्यकर्ताको राजनैतिक भबिश्य सकाइदिने काम भएको बताइएको छ ।