सरकारले ३ बुंदे सहमती कार्यान्वयन नगरेको बिरोधमा नेपाल बन्द

बुटवल, भदौ ६ गते । नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीले भदौ ७ गते नेपाल बन्दको आह्वान गरेका छन् ।
सरकारले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको बिरोधमा संघर्षका कार्यक्रम घोषणा गरेर आन्दोलनरत चार दलले नेपाल बन्दको आह्वान गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका महासचिव आहुती , नेकपा(माओवादी समाजवादी ) का अध्यक्ष कर्णजीत बुढाथोकीले बिज्ञप्ति जारी गरी नेपाल बन्दको आह्वान गरेका छन् ।
चार कम्युनिष्ट घटकका नेताहरुले संयुक्त रुपमा हस्ताक्षर गरीजारी विज्ञप्तीमा देउवा नेतृत्वको सरकारले गरेको राष्टघाती एमसीसी सम्झौता,नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बँुदे सहमतिको उलंघन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताविरुद्ध जारी गरेको पक्राउ पूर्जी, महङ्गी र भ्रष्टाचार विरुद्ध चरणबद्व संघषर्का कार्यक्रमबारे उल्लेख गरिएको छ ।
साथै बिज्ञप्तिमा राज्यको यस्तो रवैयाको कडा रुपले निन्दा गर्दै यथाशीघ्र एमसीसी र एसपीपी, पक्राउ पूर्जी र झुठ्ठा मुद्दाको खारेजी,सम्पूर्ण बन्दीको रिहाई र आकासिदो महङ्गी नियन्त्रण गर्न माग गरिएको छ ।
संघर्षका कार्यक्रम अन्तर्गत ४ कम्युनिष्ट पार्टीका नेताहरुले गत भदौ १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । भदौ ४ गते देशव्यापी विरोधसभा गरेका छन् , त्यस्तै भदौ ६ गते देशव्यवपी मशाल जुलुससमेत निकालिएको छ । त्यस्तै संघर्षका कार्यक्रमको पहिलो चरणको अन्तिम कार्यक्रम अन्तर्गत भदौ ७ गते मंगलबार नेपाल बन्दको आह्वान गरिएको छ ।