बुटवलका एक अधिवक्ताले सार्वजनिक जग्गा मिचेर बनाए घर

बुटवल, भदौ १० गते । बुटवलको मुटु मानिने बुटवल उपमहानगरपालिका वडा नम्बर ३ नमुना पथमा घर निर्माण गर्दा कानुन व्यवसायी तथा अधिवक्ता खडानन्द भण्डारीले सार्वजनिक जग्गा मिचेको खुलसा भएको छ ।
उच्च अदालत बुटवल बार एशोसिएनका पूर्व अध्यक्ष अधिवक्ता खडानन्द भण्डारीले नीजि घर बनाउंदा सार्वजनिक सडकमा पर्खाल लगाएका छन्।
नमुना पथमा हालचालै नयां घर निर्माण सम्पन्न गरेका भण्डारीले घरको अगाडी रहेको २० फुटे सडक नै बन्द गरेर पर्खाल लगाएपछि स्थानीयले बिरोध गरेपछि मात्र सार्वजनिक सडक मिचिएको खुलसा भएको हो ।
भण्डारीले कित्ता नं बुटवल उपमहानगरपालिका साविक वडा नं ५को कित्ता नं ११ र ७ मा हालचालै निर्माण गरेको घरको उपमहानगरपलिकाबाट निर्माण सम्पन्न भएको प्रमाण ल्याएपछि मात्र सार्वजनिक सडक अतिक्रमण गरी पर्खाल लगाएको छिमेकी पशुपती बस्यालले नगरपालिकामा बाटो खुलाउन निवेदन दिएका थिए।
बुटवल उपमहागरपालिकाका अमिन त्रिदेव बुढाथोकीले आबश्यक परेको खण्डमा भत्काउछु भनेर सडकमा पर्खाल लगाउन दिएको बताए।
अमिन बुढाथोकीले सडक मिचेर पर्खाल लागाएको बिषय सामान्य भएको बताए।
यो सामान्य बिषय हो त्यो भन्दा उता जाने बाटो पहिल्यै बन्द भई सकेको छ त्यसैले उहाले पर्खाल लगाउनु भएको अमिन बुढाथोकीको भनाइ छ ।
तर स्थानीयले भने बुढाथोकीले भने जस्तो बाटो बन्द भएको नभई त्यस भन्दा उता कुनै संरचना नभएकाले बुढाथोकीसंग घर मालिक भण्डारीको मिलोमतो गरेको हुन सक्ने स्थानीयको आशंका छ ।
बुटवल उपमहानगरपालिका वडा नं ३ का अध्यक्ष बिष्णुप्रसाद ढकालले घरधनी खडानन्द भण्डारीलाई सडक छेकेर बनाएको संरचना हटाउन मौका दिएपनि नहटाएको बताए ।
वडाध्यक्ष ढकालले सावर्जनिक सडक मिचिएको स्वकिार गर्दै भने – हामीले वहांलाई बोलाएर भत्काउन भनेका छौं एक महिना भित्र हटाउछु भन्नु भएको छ। उहाले त्यो समयभित्र नभत्काए हामी आफैले भत्काउछौं ।
बुटवल उपमहानगरपालिकका पूर्व कानूनी सल्लाहकारसमेत बुटवलका चर्चित अधिवक्ता भण्डारीले आफ्नो घर बनाउंदा सार्वजनिक सडक मिचिएको स्वीकार गरेका छन् । घर आफ्नै जग्गामा बनेको र पर्खाल सार्वजनिक जग्गामा परेकाले एक महिना भित्र हटाउने सहमती भएको बताएका छन् ।
स्थानीय वा छरछिमेकीले कुरो नउठाए सार्वजनिक जग्गा मिच्ने नियतका साथ सार्वजनिक सडक मिचिएको आशंका गरिएको छ ।