प्यूठानका नारायणबहादुर रायमाझी बुटवलबाट हराए

बुटवल,भदौ १३ गते। प्यूठानको नौबहिनी गाउंपालिका सिरवारीका नारायणबहादुर रायमाझी बुटवलबाट सम्पर्क बिहिन तथा हराएका छन् । यही भदौ नौ गते बिहान रुपन्देहीको बुटवलस्थित नेपालगञ्ज रोडबाट ४७ वर्षिय रायमाझी हराएका हुन् ।
दाई शिवबहादुर रायमाझीका अनुसार औषधी उपचारका लागि बुटवल गएको अवस्थामा नारायणबहादुर रायमाझी हराएका हुन् ।उपचारका लागि बुटवल आएका नारायणबहादुर रायमाझी नेपालगञ्ज रोडस्थित न्यू स्वर्गद्वारी होटलमा बसेका थिए ।
    स्पष्ट बोल्न नसक्ने र काना कम सुन्ने नारायणको खोजी भएपनि नभेटिएको आफन्तजन भरत केसीले बताएका छन् । न्यू स्वर्गद्वारी होटलमा बसेका रायमाझी सिसिटी क्यामरा हेर्दा होटलबाट झोला लिएर बाहिर निस्केको देखिन्छ ।
सम्भावित ठाउंहरुमा खोत तलास गर्दा पनि नारायणबहादुर रायमाझी नभेटिएपछि कही देखे वा भेटेमा खबर गर्दिन घर परिवार र आफन्तजनले आग्रह गरेका छन् । फोटामा देखिने हुलिया अनुसार नारायणहादुर रायमाझीलाई कही कतै देखे वा भेटेमा घर परिवार अथवा नजिकको प्रहरी कार्यालयमा खबर गर्दिन अनुरोध गरिएको छ । घर परिवारले यही भदौ १० गते इलका प्रहरी कार्यालय बुटवलमा हराएको भन्दै निवेदन दिएका छन् ।
सम्पर्क 9866096612÷9861253984÷ 9868638140 ÷9857830899÷मा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।